जनकपुर, २९ जेष्ठ। धनुषामा चट्याङ लागेर एक बालिकाको मृत्यू भएको छ। हावाहुरी र बर्षासँगै खसेको चट्याङ लागेर कमला नगरपालिका ३ का जोगिन्द्र दास तत्माको छोरी करिव १३ वर्षीया रञ्जना कुमारीको मृत्यू भएको हो।
हावाहुरीले झारेको आँप विच्छन गएको बेला आँप बगैंचामै चट्याङ लागेर बालिका रञ्जनाको मृत्यू भएको प्रहरीले जनाएको छ।
यहि जेष्ठभित्रै सप्तरीमा दुई र सिरहमा दुई जनाको चट्याङका कारण मृत्यु भएको थियो।























