लहान, २८ जेष्ठ। सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले दुईखाले शिक्षा नीतीले शिक्षा क्षेत्रमा सुधार आउन नसक्ने बताएको छ। लहान नपा ८ मा सञ्चालिन स्कूल अफ स्कलर्स (एसओएस) प्रा.लि. को उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी कवाडीले सुकिलामुकिलाका छोरा–छोरी पढ्ने विद्यालय र गरिवका छोरा–छोरी पढ्ने छुट्टा–छुट्टै रहेसम्म शिक्षामा बास्तविक सुधार आउन नसक्ने बताएका हुन्।
स्थानीय सरकारमा शिक्षाको सम्पूर्ण जिम्मेवारी आएको भन्दै प्रमुख जिल्ला अधिकारी कवाडीले भने, ‘अव शिक्षा क्षेत्रको सम्पूर्ण जिम्मेवारी स्थानीय तहमा आएको छ, यसलाई व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउने जिम्मा पनि स्थानीय सरकारले लिनु पर्छ; शिक्षाको गुणस्तरीयता कायमगर्न सवैले मिलेर काम गर्न जरुरी छ।’
कवाडीले शिक्षा सम्पूर्ण नेपालीको नैसर्गिक अधिकार भएकाले यो सर्वसुलभ हुनुपर्नेमा जोड दिए।
सोही क्रममा प्रमुख जिल्ला अधिकारी कवाडीले एउटा संस्था राम्रो हुनको लागि राम्रो पूर्वाधार, कुशल जनशक्ति, सञ्चालन प्रकृया र जिम्मेवारीबोधको जरुरी हुने बताए। उनले बाहिरबाट हेर्दा यहाँ सवैथोक देखिएपनि यसले दिने रिजल्डले थप विषय उजार हुँदै जाने बताए।
उनले राम्रो शिक्षा दिनुभनेको किताव घोकाउने गर्नुमात्र नभएर संस्कार, कला, संस्कृति, समाजका विषयमा पनि विद्यार्थीलाई ज्ञान भनुपर्र्नेमा जोड दिए।
पशुपति आदर्श माध्यमिक विद्यालयका अवकास प्राप्त प्रधानाध्यापक विश्वनाथ महतोले शिक्षक विद्यार्थीको सुमधुर सम्वन्धले गुणस्तरीय शिक्षामा गुणस्तरीयता आउने बताए। उनले शिक्षक, विद्यार्थी र अभिभावकले मेहनत गरे परीश्रम कहिल्यै खेर नजाने भन्दै जुनसुकै क्षेत्रमा सफल हुको लागि परीश्रम महत्वपूर्ण योगदान रहने बताए। सोही क्रममा महतोले सक्षम, स्वभिमानी र देश निर्माणमा महत्वपूर्ण योेगदान पुर्याउने व्यक्तित्व निर्माण गर्न सकोस भन्ने कामना समेत गरे।
कार्यक्रममा एनसीसी युकेका नेपाल प्रतिनिधी विकेकानन्द झाले शिक्षामा नयाँ–नयाँ टेक्नोलोजी भित्रीएपनि अभिभावकले भने विद्यार्थीको हेरचाहमा उदासीन देखिएको बताए। उनले आफ्नो समायमा अभिभावकले आफ्ना सन्तानको शिक्षाको विषयमा लिने चासो, विहानी बेलुका उनीहरुले पढ्दा आउने समस्याको विषयमा अभिभावकले लिने चाँसो कम हुँदै गएको बताए।
अभिभावकहरुमा पैसा तिरेर राम्रो, नाम चलेको विद्यालयमा पढाएपछि केही गर्नु पर्दैन भन्ने पर्न थालेको बताउँदै उनले भने, ‘साँचै शिक्षाको गुणस्तर चाहन्छौं भने प्रत्यक अभिभावकले फूर्सद निकालेर साँझ विहान आफ्नो बालबच्चाको पढाईमा सहयोग गर्नु पर्छ।’
बक्ताहरुले विद्यालयको सफलताको कामना सँगै निजी विद्यालयमा शिक्षकमाथि हुने शोसण, अनावश्यक शुल्क जस्ता विषयमा पनि कुरा उठाएका थिए।
विद्यालयका संस्थापक शुदिपराज कुशवाहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा राष्ट्रिय अनुसन्धान आयोग सिरहाका एसपी तुलसी प्रँसाई, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख पुस्कल खनाल, लहान उद्योग बाषिज्य संघ, सिहाका अध्यक्ष अशोकलाल अमात्य, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता, विद्यापति क्याप्सन लहानका प्रमुख मनोज कुमार कर्ण, अभिभावक सुनिल साह लागायतले शुभकामना व्यक्त गरेका थिए।
उद्घाटन कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न सास्कृतिक क्रियाकलापहरु गरेका थिए।