सप्तरी, २६ जेष्ठ। सप्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको बोदेबरसाइन नगरपालिका ३ मधुवनका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवको घर नजीकै गोरु चराउन गाएको बेला चट्याङ लागेर विहिवार अपरान्ह मृत्यु भएको हो।

गोरु चराउन गएका उनीहरु पानी परिरहेका बेला एउटै छातामा ओत लागेका दुवै जनाको चट्याङ परेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनेहरूको शव अहिले पोस्टमार्टमका लागि राजविराजको गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा लगिएको छ।

GBR BHUMI 1