रुपन्देही, २२ जेष्ठ। रुपन्देहीको रोहिणी खोलामा रात्रिबस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । थप २३ जना यात्रु घाइते भएका छन्।

जनकपुरबाट भैरहवाका लागि छुटेको लु २ ख ३८४१ नम्बरको बस विहान भैरहवा–परासी हुलाकी राजमार्ग अन्तर्गतको रोहिणी पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
दुर्घटनामा रुपन्देही ओमसतिया गाउँपालिका ४ का ६५ वर्षीय राजेन्द्र पा

ण्डे, रुपन्देहीकै तिलोत्तमा नगरपालिका २ योगिकुटी ५६ वर्षीय विष्णु पौडेल, रौतहट चन्द्रनिगाहापुरका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्यालको सनाखत भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले जानकारी दिए। पाँच जनाको अझै सनाखत हुन सकेको छैन।

घाइतेहरुको भीम अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घट्नाग्रस्त बस पश्चिम नेपाल बस व्यवसायी प्राली अन्तर्गतको हो।

उक्त बस बुटबलबाट जनकपुर जाँदा रिजबमा गएको प्रालीका सञ्चालक सदस्य जिवन बन्जाडेले जानकारी दिए। ‘यताबाट जाँदा बुकिङ भएर गएको होइन। रिर्जब गएको हो। कहाँबाट रिर्जब गयो भन्ने खोज्दै छौं,’ उनले भने, ‘उताबाट फर्किंदा नम्बरमै आयो कि रिर्जबमै आयो, त्यो पनि बुझ्दै छौं।’

घाइतेहरुको व्यवस्थापनको लागि प्रालिले पनि कर्मचारी पठाएको उनले जानकारी दिए।