सिरहा, २० जेष्ठ। सिरहाको मिर्चैया नगरपालिकाका व्यवसायीहरुले पूर्वपश्चिम महेत्द्र राजमार्ग ३ घण्टा अवरुद्ध गरेका छन्। महेन्द्र राजमार्ग अन्तर्गत मिर्चैया मूख्य बजारक्षेत्रमा वर्षौंदेखि भत्केको सडक व्यस्थित गर्न माँग गर्दै आज विहान ११ देखि अपरान्ह १ बजेसम्म सडक अवरुद्ध गरेका हुन्।

ss

बजार क्षेत्रको करिव ३ किमि सडक पछिल्लो ५ वर्षदेखि भत्किने र सधैं धुलो, धुँवा र हिलोबाट पीडित हुँनुपरेको स्थानीय व्यवसायी अशोक साहले गुनासो गरे। स्थानीय जनता, व्यसायी, बुद्धिजीविहरुले सम्वन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरेकोले आज सडक अवरुद्ध गर्न बाध्य भएको व्यवसायी साहले जानकारी दिए।

उनले कञ्चनपुर–कमला सडक निर्माण कम्पनीले तत्काल खाल्डाखुल्डी पुर्ने, धुलो व्यवस्थापनका लागि आवश्यक पानी छर्ने र आन्दोलन तत्कालन तत्कालको लागि स्थगित गर्ने प्रस्ताव गरेपनि स्थानीयले काम हेरेर निर्णय लिने बताए।

साहले भोली देखि निर्माण कम्पनीले गर्ने कामको आधारमा आन्दोन स्थागित गर्ने नगर्ने विषयमा निर्णय लिने बतए। उनले भने, ‘निर्माण कम्पनीले आज गरेको प्रस्ताव अनुसार काम गरे हामी तत्कललाई आन्दोलन स्थगित गर्ने विषयमा सोचौंला। पहिला जस्तै आश्वाससन दिने तर व्यहारमा लागु नगरे हामी अव रोकीने बाला छैनौं।’

स्थानीय व्यसायी हरिकिशोर साहले व्यवसायीहरुले जिल्ला प्रशान कर्यालय, नगरपालिका र निर्माण कक्पनीलाई लिखित तथा मौखिक रुपले धेरैपटक ध्यानाकर्षण गराएपनि वेवास्ता गरेका कारण सडक अवरुद्ध गर्ने अवस्थामा पुगेको बताए।

उनले भने, ‘हामीले पटक–पटक कुरा उठाउँदै आएको भएपनि सरोकारबाला निकायले ध्यान दिएको छैन। त्यसैले हामी आज सडक अवरुद्ध गर्नुपर्ने अवस्थामा आएका हौं, यसलाई पनि वेवास्ता गरे हामी चरणवद्ध रुपमा समय थप्दै सडक अवरुद्ध गछौं।’