बर्दिवास, १९ जेष्ठ। महोत्तरीबाट घुस सहित प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेका छन्।

महोत्तरीको एकडारा गाउँपालिका १ मा रहेको एकडारा माध्यमिक विद्यालयका प्रअ रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवानलाई जलेश्वर नगरपालिका २ मा रहेको मामाज किचेन होटेलबाट ५० हजार रुपैयाँ विहवार अपरान्ह घुससहित पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल र बर्दिबासको संयुक्त टोलीले दुवै जनालाई रङ्गेहात पक्राउ गरेको जनाएको छ।

विद्यालयमा भवन निर्माणको भुक्तानी गर्ने क्रममा सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइरहेकै बेला दुवैजना अख्तियारको फन्दामा परेको जनाए।