फाईल फोटो ।

संखुवासभा, १८ जेष्ठ। चैनपुर नगरपालिका १, संखुवासभामा सुख्खा पहिरोले दुई जना पुरिएका छन् । नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुर पुरिएको हो।

सडकमा पर्खाल लगाउने क्रममा पहिरो जाँदा कामदारहरु रामकुमार राई र हेमराज मगर पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

पुरिएकाहरुलाई स्काभेटरको प्रयोगबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

GBR BHUMI