रक्सौल बिमानस्थल सञ्चालनका लागि प्रतिवेदन माग, नेपालीहरु लाभान्वित हुने विश्वास

    • जेठ ४, २०७९
    • ३९२ पटक पढिएको
    • गमक पाेस्ट

    वीरगञ्ज ३ जेठ । सिमावर्ती शहर रक्सौलमा रहेको बिमानस्थल सञ्चालनका लागि भारत सरकारले जिल्ला अधिकारीसँग प्रतिवेदन माग गरेको छ । प्रदेशका मुख्य सचिवले प्रदेशका विमानस्थल बिस्तारका विषयमा बरिष्ठ अधिकारीसँग बैठक बसेर रक्सौल बिमानस्थल सञ्चालनको विषय उठान गरेपछि भारत सरकारले सञ्चालनका लागि पहल थालेको हो ।
    १५४ एकड क्षेत्रफलमा फैलिएको हरैया गाउँको सिमानामा रहेको यो विमानस्थल सञ्चालन भएमा नेपाली नागरिक यसबाट लाभान्वित हुने छन् । वीरगञ्जसँग सीमा जोडिएको हुँदा अहिले भारतको दिल्ली जाने यात्रुका लागि काठमाण्डौ जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । करिब दुई किलोमिटर लम्बाई र एक किलोमिटर चौडाई क्षेत्रफलमा फैलिएको बिमानस्थल बाहिर एसएसबी १३ औं गणको बीओपी पनि रहेको हुँदा सुरक्षाका दृष्टिले पनि उपयुक्त मानिन्छ ।

    सरकारको लापरवाहीका कारण उडान रोकियो

    सन् १९६० मा निर्माण भएको रक्सौल बिमानस्थल सन् १९६२ सम्म क्रमिक रूपमा मर्मतसम्भार जारी रहेको थियो । रक्सौल, मुजफ्फरपुर र भागलपुरका लागि सन् १९६८ मा कलिङ्गा हवाई सेवा शुरु भएको थियो तर सरकारको उदासीनताका कारण सन् १९७० देखि उडान भएको छैन । यद्यपी सन् २०११ अगस्त ६ मा दिल्लीबाट यहाँ अन्तिम एअर एम्बुलेन्स अवतरण भएको थियो ।

    पूर्वी चम्पारणका जिल्ला अधिकारी कपिल अशोकले रक्सौल विमानस्थल सञ्चालनका लागि पहल भइरहेको बताए । एक साताभित्र प्रदेश सरकारलाई प्रस्ताव पठाइने र थप प्रक्रिया शुरु गर्ने उनको भनाई छ ।

    विद्युतीय विमान सेवा सुरु गर्ने प्रयास

    सन् २०२४ देखि मुजफ्फरपुरको पटही विमानस्थलबाहेक रक्सौलबाट पनि विद्युतीय विमान सेवा सुरु हुन सक्ने सम्भावना देखिन्छ । पिफोर कम्पनीका निर्देशकले हालै उपमुख्यमन्त्री तारकिशोर प्रसादलाई रक्सौलमा विद्युतिय बिमान सेवा शुरु गर्ने बारेमा पत्र लेखेका छन् । विमान सेवा सुरु गर्नुअघि विमानस्थल र धावनमार्ग मर्मत गर्न आग्रह गरिएको छ । कम्पनीका निर्देशक सुनिल कुमारले स्पाइसजेट एयरलाइन्ससँग मिलेर कम्पनीले २०२४ मा विद्युतीय विमान ल्याउन लागेको बताए । नागरिक उड्डयन मन्त्रालयले पाइलट प्रोजेक्टका रूपमा दुवै विमानस्थलबाट हवाई सेवा सुरु गर्ने अवसर दिएको छ । दुवै विमानस्थलको पीपीपी (पब्लिक प्राइभेट पार्टनरसिप) मोडमा छिट्टै मर्मत गर्नुपर्छ ।

     

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल