सिरहा, १ जेष्ठ। सिरहाको सुखिपुर नगर पालिका वाडा नम्वर १ मा नेकपा माओवादी केन्द्रका राजेन्द्र चौधरी पुनः विजयी भएका छन्। निवर्तमान अध्यक्ष समेत रहेका चौधरी ६ सय ४८ मत प्राप्त गर्दै प्यालनलै निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्विहरु नेकपा एमालेका रामबाबु यादवले ५ सय ६४ र जनता समाजवादी पार्टी नेपालका योगेश प्रसाद यादवले १ सय ४७ मत प्राप्त गरेका छन्।