लहान, १ जेष्ठ। सप्तरीको सुरूङ्गा नगरपालिका १ बाट नेकपा एकीकृत समाजवादी पार्टीबाट छत्र वहादुर राउत (राजकुमार) प्यानल निर्वाचित भएका छन्। कलम चिन्हमा चुनाव लडेका राउत ६ सय १ प्राप्त गरी प्यानलै विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्विहरु नेकपा माओवादी केन्द्रका तेज नारायण चौधरीले ४ सय ९६ र नेकपा एमालेका केदार कुमार कार्कीले ४ सय ११ मत प्राप्त गरेका छन्।

राउत लामो समय पत्रकारीता र समाज सेवामा सक्रिय रहँदै आएका थिए। उनी कान्तिपुर टेलिभिजनको लागि सिरहाबाट काम गर्दै आएका थिए।

rk raut