सिरहा, १ जेष्ठ। सिरहाको नवराजपुर गाउँपालिका १ को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का नविन यादव विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार एवम् निवर्तमान वडाध्यक्ष राम औतार यादव (अवतारी) लाई पराजित गरेका हुन्।

निर्वाचित वडाध्यक्ष यादवले ९ सय १३ मत ल्याएका छन्। उनका निकटम प्रतिस्पर्धी एमालेका यादबले ८ सय ५० मत पाएका छन्। जसपालाई नवराजपुरमा नेकपा एकिकृत समाजवादीले सहयोग गरेको छ।