सिरहा, १ जेष्ठ। सिरहाको विष्णुपुर गाउँ पालिका वाडा नम्वर २ मा नेपाली काँग्रेसका प्रमोद कुमार यादव विजयी भएका छन्। उनले जनता समाजववादी पार्टी (जसपा) नेपालका उम्मेदवार रामइश्वर यादवलाई ६ मतले उछिन्दै जित हासिल गरेका हुन्।
प्रमोदले २ सय ७७ मत ल्याएका छन्, भने जसपाका रामइश्वरले २ सय ७१ र नेकपा माओवादी केन्द्रका तेज नारायण यादवले २ सय ६७ मत प्राप्त गरेका छन्।
४ सदस्य मध्ये महिला वडा सदस्य नेकपा माओवादी कन्द्रका विजयी भएका छन्।