सिरहा, १ जेष्ठ। सिरहाको मिर्चैया नपा १ मा नेकपा माओवादी केन्द्रका रुपेश कुमार महतोको प्यानल विजयी भएका छन्। उनी नेकपा एमालेका राम भरोस महतोरालाई १ सय २१ मतान्तरले उछिन्दै विजयी भएका हुन्।
रुपेशले ६ सय ६७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वि राम भरोसले ५ सय ४६ मत प्राप्त गरेका छन्।
नेपाली काँग्रेसका जिवछ गाई सुडीले ५ सय १९ मत प्राप्त गरे।