उदयपुर, २२ चैत । उदयपुरमा बालिका हत्या अभियोगमा र्दुइजनालाई पक्राउ गरेको छ । बेलका नगरपालिका ३ बुद्धचोककी १५ वर्षीया कविता सुनुवारको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले दुई जनालाई नियन्त्रण गरेको छ । नियन्त्रणमा लिएकाहरूको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।
इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख इन्स्पेक्टर तेजप्रसाद दाहालले अनुसन्धानका लागि दुई जनालाई केही बेरअघि नियन्त्रणमा लिइएको जनाए । घटनाको अनुसन्धान प्रभावित हुनसक्ने भन्दै पक्राउपरेकाहरुको विवरण तत्काल गोप्य राखएको प्रहरीको भनाई छ ।
आज विहान ४ बजेआसपास ट्युशन जान भनेर घरबाट निस्केकी कविता ३ घण्टापछि करिव ७ बजे बिहान मृत भेटिएकी थिइन् । जशोधा खोलाको किनारमा काठका मुढाहरू थुपारिएको ठाउँमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो । उनको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान थालेको छ ।
स्थानीयवासीले बालिकाको मृत्यु नभइ निर्मम हत्या भएकाले निष्पक्ष छानबिनको हुनुपर्ने भन्दै नाराबाजी गरेका छन् ।