सिरहा, २० चैत । प्रहरीले सिरहाबाट प्रतिवन्धित आगु औषध सहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । दुईजना भने फरार भएको जनाएको छ । सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनी प्रदेश २ बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हेड क्वाटर सिरहाबाट खटिएको संयुक्त टोलीले लहान ठाडी सडक अन्तर्गत लहान नपा २३ बाट स्थानिय ३० वर्षीय अजय सहनी र २७ वर्षीय शंकर सहनीलाई पक्राउ गरेको हो ।
भारतीय बजारबाट नेपालको ठाढी नाका हुदै लहान तर्फ अउँदै गरेको अवस्थामा शांकालागि वि.आर.३२ ए.डी.२६१७ भारतीय नम्वर प्लेट भएको मोटरसाईकललाई चेक जाँच गर्दा प्रतिवन्धित लागुऔषध नुफिन नफुटेको २ सय ९९ एम्पुल, पूmटेको १ गरि जम्मा ३ सय एम्पुल, प्रोमेथाजोन हाईड्रो क्लोरिडीन नफुटेको २ सय ४० एम्पुल, फुटेको ११ गरि जम्मा २ सय ५१ एम्पुल, डाईजिपाम नफुटेको २ सय ८० एम्पुल र फुटेको १८ गरि जम्मा २ सय ९८ एम्पुल बरामद गरिएको छ ।
दुईजना भने फरार भएको जनाएको छ । फरार भएका लहान नगरपालिका २३ का रंजित सहनी र भारतीय नागरिक अजुर्न कुमार रामको खोजी कार्य तिव्र बनेको बताइएको छ । पक्राउ परेका दुबै जनालाई आवश्यक कार्यवाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको जनाएको छ ।