वीरगञ्ज, ९ चैत । पर्सा प्रहरीले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई नियन्त्रणमा लिएको छ । बहुदरमाई नगरपालिका ९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोईरीले किशोरीलाई विवाह गर्छुभन्दै ललाफाई जवरजस्ती गरणी गरेको अरोपमा सोमबार प्रहरीले पक्राउ गरेको हो ।
युवकले ती किशोरीलाई विवाह गर्छु भनी झुठ्ठा प्रलोभनमा पारी पटक–पटक नयाँ स्थानमा घुमफिर गराउने वहाना जबरजस्ती करणी गरेको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरपालिका १३ बाट पक्राउ गरको जनाएको छ ।
पक्राउ परेका महतोलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी अनुसन्धान थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ।