मुकेश कमार यादब/सिरहा ८ चैत । सिरहा जिल्लाको विभिन्न ठाउँमा प्राकृतकि स्रोतमाथीको दोहन तिव्र गतिमा भईरहदा नियामक निकायभने मौन रहेको छ । जनप्रतिनिधि तथा प्रहरी प्रशासनकै संरक्षणमा प्राकृतीक स्रोतमाथि अवैध दोहन नरिन्तर बढ्न थालेको हो ।
जनप्रतनिधिकै आडमा तस्करहरूले सिरहाको धनगढीमाइ नगरपालिका वडा नम्बर १३ भरलैनि र खजनपुरिया टोलको वरिपरिको विगहौ विगहा निजी जमिनमा लगाइएको आपको गाछी लाइ कटान गरि अवैध रुपमा ग्राईभेल उत्खनन् गरेको पाइएको छ । नगरपालिकाको अनुमति विना दिन दहाडै तिन वटा स्काभेटर प्रयोग गरी २० देखि ४० वटा सम्म ट्रिफर चल्दा पनि नाकै अगाडी रहेको बडा कार्यालय वेखवर जस्तै बनेको छ ।
वडा अध्यक्ष सहितको जनप्रतिनिधि तथा कर्मचारी मौनताले मिलेमत्ताको देखिएको स्थानीय जयराम यादव बताउँछन् । स्थानीयले वडा र पालिकालाई सूचना दिंदा समेत उल्टै तस्करकै संरक्षण गर्ने गरेको स्थानिय यादबको आरोप रहेको छ । उनले, ‘पछिल्लो एक महिनादेखि स्काभेटरले उत्खनन् गर्दै गाँउकै मूख्य सडकबाट दैनिक करिब २ सय ट्रिफर ग्राइभेल ओसारपसार गर्दा पनि स्थानीय जनप्रतिधि र प्रहरी समेतले देखेर पनी नदेखेझै गर्छ, हामीले सूचना गर्दा समेत उहाँहरुको कुनै चासो देखिंदैन ।’
स्थानीयहरुले वडा अध्यक्ष सुर्यमान तामाङ तथा विष्णुपरकट्टीमा रहेको प्रहरी विटमा पनि बारम्वार खवर गर्दा उनीहरुले टेरपुछ्र नलगाएको स्थानिय पशुपति यादबले जनाए । उनले थपे, ‘यस्ता अबैध तरिकाले ग्राइभेल उत्खनन भईरहदा समेत जनप्रतिनिधि, प्रहरी प्रशासन मौन बस्नु दुःखद विषय हो, यसले भोलीका दिनमा ठूलो विपद निम्त्याउन सक्छ ।’
जनप्रतिनिधिहरुले कार्यकर्ता तथा आफनो आसेपासे लगायतलाइ पाल्न् र आफनो निजि स्वार्थ पुरा गर्नकै लागी प्राकृतिक सम्पदामाथि दोहनगरी पालिकालाई आउने लाखौं राजश्व समेत छलि गर्ने गरेको स्थानीयको आरोप छ ।
यता वडा अध्यक्ष सूर्यमान तामाङ्गले आफ्नो कुनै खानी दर्ता नरहेको बताए । उनलभने, ‘मेरो वडामा खानी दर्ता भएको भन्ने मलाई जानकारी छैन । तर, नगरपालिकाले कसरी निकाल्ने अनुमति दिएको हो त्यो मैले बुझ्नु पर्ने हुन्छ ।’ आफ्नै वडाबाट यसरी अनियन्त्रीत ग्राईभेल निकाल्दा पनि तपाईहरुले नियन्त्रण नगरेको आरोप छ नि भन्दा वडाअध्यक्ष तामाङ्गले भने, ‘अनुगमन, नियमन गर्ने काम नगरपालिकाको हो, मैले यसमा केही गर्न सक्दिन ।’उनले निजी जमिनबाट निकालेकाले आफूले रोक्न पनि नमिल्ने भन्दै उत्खन गर्नेहरुकै पक्षमा वडाअध्यक्ष तामाङ्गले वकालत गरे ।
माटो तथा ग्राइभेल उत्खन्न कार्य विधि अनुसार आफ्नो निजि जग्गामा समेत पोखरी खन्दापनि ६ फिट भन्दा बढि गहिरो गर्न नपाउने व्यवस्था रहेको छ । तर, धनगढीमाई नपा, गोलबजार नपा, लहान नपा, नरहा गापा, कर्जन्ह नपाका दर्जनौं स्थानबाट विना दर्ताकै खानिसञ्चालनगरी करिव ४० फिट सम्म गहिरो गरी ढुङ्गा, ग्रईभेल उत्खन्न गर्दा पनि संरक्षणकारी निकायले चासो नदेखाउनुले आर्थिक चलखेलेको पुष्टि हुन्छ ।
यसरी स्थानीय सरकारका प्रतनिधिसमेतको संलग्नतामा भईरहेको प्राकृतकि स्रोतको दोहन ठुलो टिफरले प्रति दिन २ सय टिफर मात्रै चोरी निकासि हुँदा पनि ठूलो परिमाण्मा राजस्व छलिहुने देखिन्छ । धनगढीमाई नगरपालिकाले निर्धारण गरेको ३ दशमलव ५ का दरलेपनि प्रतिमहिना २० लाख भन्दा बढी राज्स्व छली गरेको देखन्छि ।
यसरी अनियनत्रित रुपमा अवैध उत्खन्न गर्ने कार्य निरन्तर गर्ने हो भन्ने यो क्षेत्र चाँडै खण्डहर बन्न सक्ने स्थानीयको भनाई रहेको छ । जसका कारण जोडिएका बस्ति समेत उठिवास हुनसक्ने देखिन्छ् । दर्जनौं ठाउँमा यसरी ग्राइभेलको अवैधानिक र अनियन्त्रीत तस्करी भैरहेको छ । तर, स्थानीयले उपयोग गर्न राजस्व बुझाउनुपर्ने र तस्करहरुले धमाधम स्काभेटर नै प्रयोग गरी प्राकृतकिक स्रोतको दोहन गर्दा सम्बन्धित निकाय मौन रहनु झन रहस्यको विषय बनेको छ ।