सिरहा, २ चैत । राजनीतिक आवरणमा आपराधिक गतिविधि गरिरहेको आरोपमा प्रहरीको सर्वाधिक खोजीको सूचीमा व्यक्ति जिल्लाको मुख्य प्रशासनिक केन्द्रमा रहेको मालपोत कार्यालयमा आएर आफ्नो नाममा रहेको जग्गा बेचेर फर्किएको खुलेको छ ।
प्रहरीको सर्वाधिक खोजी गरिरहेको जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) का अध्यक्ष समेत रहेका सिरहा नगरपालिका ७ का नागेन्द्रकुमार पासवान (ज्वाला सिंह) ले जिल्ला सदरमुकाम सिराहामा रहेको भुमिसधुकार तथा मालपोत कार्यालयबाबाट आफ्नो नाममा रहेको पाँच कित्तामध्ये दुई कित्ता जग्गा सुटक्क बेचेर रजिष्ट्रेशन गरिदिएको खुलेको हो ।

122
पासवानले १४ जेठ २०७६ मा सिरहाको साविक रामनगर गाविस ६ (क) को कित्ता नं. १४७६ (हाल मिर्चैया नगरपालिका ६) को तीनकठ्ठा आठ धुर जग्गा २० लाख रुपैयाँ र ८ भदौ २०७५ मा कित्ता नं. १२५२ को चार कठ्ठा तीन धुर जग्गा २० लाख गरी ४० लाख रुपैयाँ थैली राखी रामनगर ६ का राजेश्वर प्रसाद साहलाई बिक्री गरेको मालपोतको श्रेस्तामा उल्लेख छ ।
सदरमुकामभित्रै रहेको मालपोत कार्यालयमा आएर भुमिगत गतिविधि गर्ने व्यक्तिले जग्गा पास गराएर फर्किदा प्रशासनले सुइको सम्म नपाउनुले घटना रहस्यमय बनेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुख उपसचिव विष्णुप्रसाद सिटौलाले आफू यहाँ कार्यालय प्रमुख भएर आउनुभन्दा पहिलानै रजिष्ट्रेशन पास भएकोले त्यसबारे खासै जानकारी नरहेको बताए ।
पासवानको जग्गा बिक्रीको विषयमा मालपोतका सूचना अधिकारी तथा नायव सुव्वा सुधिरकुमार यादव जग्गा रोक्का रहे नरहेको बारेमा थाहा नभएको बताए । पासवान प्रहरीले खोजी गरिरहेका व्यक्तिहुने भन्ने पनि आफूहरुलाई थाहा नभएको भन्दै यहाँ कति सेवा ग्राही आउँछन। जान्छन्, सवैको व्यक्तिगत विवरण हामीसँग हुँदैन भन्दै प्रकृया पुर्याएर आएकाले उहाँको जमिन पास भएको बताए ।
उनले भने, ‘जग्गाधनी दर्ता प्रमाणपूर्जा, सक्कल नागरिकता, सोही आवको तिरो तिरेको रसिद, घरबाटो प्रमाणित सिफारिश, बेच्ने र किन्ने दुवैले कारोबार गरेको स्वीकारेर भौतिक उपस्थितिमा सहीछाप गरे जग्गा रजिष्ट्रेशन हुन्छ’ ना.सु.यादवले भने ‘सयौं जनाको भिडमा काम गर्नु पर्ने भएकाले पासवान को हुन् चिन्ने कुरा भएन र रजिष्ट्रेशन भएको हो ।’
सूचना अधिकारी यादवले कागजातको आधारमा उहाँहरु मालपोत कार्यालयमै उपस्थित जग्गा पास गराएको जिकिर गरे ।
पासवानको नामबाट १४ जेठ २०७६ र ८ भदौ २०७५ मा दुई कित्ता जग्गा बिक्री गरेको खुलेपछि सिराहा प्रहरीले पत्राचार गरी रोक्का राखेको जग्गा कसरी बिक्री भयो भन्ने विषयमा अनुसन्धान थालिएको बताए । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी डीएसपी सुवास बुढाथोकीले भूमिगत रहेका व्यक्तिको नाममा रोक्का रहेको जग्गा बिक्री भएको सूचना पाएपछि अनुसन्धान गरिरहेको बताए ।
‘प्रहरीले भूमिगत रहेर आपराधिक गतिविधिमा संलग्न पासवानको नाममा रहेको घर जग्गा रोक्का राख्न पहिले नै पत्राचार गरेको हो, कसरी जग्गा रजिष्ट्रेशन भयो, अनुसन्धान गर्दैछौं’ सूचना अधिकारी बुढाथोकीले भने । ‘दुई कित्ता जग्गा बिक्री गरेको र अझै उनको नाममा विभिन्न क्षेत्रफलको तीन कित्ता जमिन रहेको बुझिएको छ’ उनले भने ‘पहिले नै पत्राचार गरी रोक्का गर्न पत्र काटिएको हो, कसरी बिक्री भयो अनुसन्धान गर्दैछौं र पुनः रोक्का गर्न पत्र काट्दै छौं ।’
उनले भने, ‘कुनैपनि फौजदारी मुद्दा दर्ता भएपछि प्रतिवादीको जग्गा जमिन तथा बैंक खाता तथा सम्पत्ति रोक्का गर्न प्रहरीले मालपोत कार्यालय र राष्ट्र बैंकलाई पत्राचार गर्ने गर्छ;, पासवानको हकमा पनि त्यही लागु हुनु पर्ने हो । तर, पत्राचार गर्दा पनि किन रोक्का भएन, कसरी, कसले जग्गा बिक्री गरे, को को संलग्न छन् भन्ने पनि खोज्दैछौं ।’
तत्कालीन भूमिगत पार्टी नेकपा माओवादीमा रहेकै बेला जयकृष्ण गोइतले माआवादी तराईको बारेमा विमति राख्दै २०६१ सालमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरेपछि गोइतसँगै पपासमान पनि लागेका थिए । त्यहि जमिनको विषयमा पार्टीमा विवाद दवाव बढेपछि पासवान जयकृण गोइतसँग भएको माओवादी नेताहरु बताउँछन् ।
गोइतले पनि सोहि जग्गा फर्काउन भनेपछि उनी गोईतसँग पनि छु¬िट्टएर आफ्नै नेतृत्व दुई वर्षपछि २०६३ सालमा पासवानले जनतान्त्रिक तराई मक्ति मोर्चा (ज्वाला सिंह) समूह गठन गरी सशस्त्र गतिविधि गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी गरिरहेका पासवान परिवारसहित भारतको बिहार प्रान्तमा बस्दै आएको बताइन्छ ।
सो जग्गा अहिले गरिद गरेका राजेश्वर प्रसाद साहका दाईको भएको बताइन्छ । दाजुभाईको विवादमा रहेको जग्गा तत्कालिन माओवादीले झगडा मिलाउने नाममा नागेन्द्र पासमानको नाममा राखेको माओवादीका नेताहरु बताउँछन् । जमिन महगो हुँदै गएपछि पासवानमा कुनियत देखिदै गएपछि पार्टीनै छोडेर हिडेको माओवादी नेताहरुको भनाई छ ।