साङ्केतिक फोटो ।

बारा, १९ फागुन । नक्कली नोट सहित सशस्त्र प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । बाराको सिम्रोनगढ नपा ९ अम्मरपुबाट नहरनजीकबाट लु. ७८ प. २३९७ नक्वरको मोटरसाइलमा सवार धनुषाको छिरेश्वरनाथ नपा ५ दिगम्बरपुरका १९ वर्षिय बीरेन्द्र महतोलाई ३ लाख एक हजार नक्कली नोट सहित नियन्त्रणमा लिएको हो ।
विशेष सुचनाको आधारमा त्यहाँ पुगेका सशस्त्र प्रहरी छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिवासको स्काड टीम र वीओपी गोलागञ्जको संयुक्त टोलिले खान तलासको क्रममा सो परिमाणमा बरामद रकम सहित नियन्त्रणमा लिएको बताएको छ । प्रहरीले उनको साथबाट एक हजार दरको तीन सय एक थान नक्कली र एक हजार पाँच सय सक्कली नोट फेला परेको जानकारी दिए ।
पक्राउ महतो, बरामद सवै नोट र मोटरसाईल नेपाल प्रहरीलाई बुझउने प्रकृयामा रहेको छ ।