साङ्केतिक फोटो ।

सिरहा, १९ फागुन । जवरजस्ती करणी प्रयासको घटनालाई स्थानिय दल प्रतिनिधी र प्रहरीकै मिलेमत्तोमा ढाकछोप गर्ने प्रयास भईरहेको बुझिएको छ । माईतीबाट घरजान अर्नमा गापा १ महनौर बजारबाट अटो चढेका करिव २३ वर्षिय महिलालाई अटो चालक स्थानीय सोही उमेका पुरुषले जवरजस्ती करणी प्रयास गरेको घटना ढाकछोप गर्न दलका प्रतिनिधी र प्रहरी नै लागेको बताइएको छ ।
बुधबार अपरान्ह महनौरबजारबाट अटो चढेर गोलबजार आईरहेका उनलाई चालकले बाटोमा सम्वोधदशिल अङ्गमा हात हालेको र कुटपीटगरी जवरजस्ती गर्न खोजेपछि नमान्दा अटोबाटै धकेलिदिएको पीडित महिलाले बताए ।
अटोबाट लडेका उनको देव्रे हात र दाहिने खुट्टामा गहिरो चोट लागेको छ । उनको उपचार गोलबजारकै एक निजी क्लिनिकमा भईरहेको छ । उपचारमा संलग्न चिकित्सकसँग पीडित महिलाले जवरजस्ती गर्न खोजेको र सम्वेदनशिल अङेगहरु पकडेको बताएको ति चिकित्सकले जानकारी दिए ।
घटना लगतै स्थानीयले पक्राउ गरी अटो चालक युवकलाई प्रहरीमा बुझाएको छ । सोही क्रममा आफन्तले प्रहरीमा जानकारी गराएपनि प्रहरीले उजुरी लेख्ने मान्छे छैन, भोली उजुरी गर्नु भनेको आफन्तले जनाएको छ ।
आज सवेरैदेखि घटना मिलाउन दुवैपक्षका आफन्तहरु प्रहरी चौकीमा भेला भएको जनाएको छ । घटना लेनदेनमा मिलाउन दवाव आईरहेको पीडितका आफन्तले जनाएका छन् ।
यता प्रहरीले भने अझै कुनै उजुरी नपरेको भन्दै घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीको भनाई रहेको छ ।