रौतहट, १५ फागुन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलसहित चार जनालाई घुस सहित रङ्गेहात नियन्त्रणमा लिएको छ । उपभोक्तासँग लिएको रकम सहित आयोगले मेयर धर्मेन्द्र प्रसाद पटेल, उनका सहयोगी अशोक प्रसाद पटेल, योजना शाखाका प्रमुख (खरिदार), चौथो तह मुकेश पटेल र सह–लेखापाल प्रदीपकुमार यादवलाई सेवाग्राहीबाट लिएको घुस सहित नियन्त्रणमा लिएको हो ।
मेयर पटेलले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा विभिन्न बहानामा सेवाग्राहीसँग पाँच लाख घुस माग गरेको उजुरीको परेको थियो ।
सोही उजुरीको आधारमा अख्तियारको टंगाल टोलीले उनीहरूलाई मेयरकै कार्यकक्षबाट नगद र चेकसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।