सर्लाही, ६ माघ । सर्लाहीमा जाडो छल्न तापेको घुरबाट जलेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको गोडैता नगरपालिका ११, निवासी देवकली देवीको आगोमा जलेर मृत्यु भएको हो ।
बुधबार साँझ आफ्नै घरमा आगो तापिरहेको अवस्थामा ७५ वर्षीया देवकलीको शरीरमा आगो सल्किएको थियो । आगोले जलेर शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएकी थिईन् ।
तत्काल उपचारका लागि जिल्ला अस्पताल मलंगवा पु¥याईएकी उनको उपचारको क्रममा गय राति साँढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बृद्धाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको आफन्तले बताएका छन् ।