सिरहा, ५ पुस  ।  सिरहा गोलबजार नगरपालिका–६ डोहटिया छुरा प्रहारबाट हत्या घटनाका मुख्य दोषिलाई अझै पक्राउ नगरेको भन्दै स्थानीले फेरी सडक र बजार बन्द गरेका छन् । स्थानीय प्रशासनले २४ घण्टाभित्र हत्यामा संलग्नलाई पक्राउ गरि कानुनि दायरामा ल्याउने प्रतिबद्धता पुरा नगरेको भन्दै आफूहरु सडकमा उत्रिनु परेको पीडित पक्षले बताएका छन् ।bbb
सडक जामका कारण अहिले हजारौंको संख्यामा सवारी साडन सडकमै अलपत्र परेका छन् भने हजारौं यात्रुको विजोग गएको छ । सवैभन्दा धेरैमार टाडाजाने यात्रुलाई भएको छ ।
बन्तकर्ताहरु ठूल–ठूला बाँस र भाटा लिएर सवारी अवरुद्ध र बजार बन्द गर्न हिडिरहेका छन् । उनीहले गोलबजार क्षेत्रका राजमार्गको दर्जनौं स्थानमा टायर बालेर, ढुङ्गामुढा सडकमा तेर्साएर अवरुद्ध गरेका छन् ।
शनिवार बेलुका घर जाने क्रममा गोलबजार नगरपालिका ६ डोहटियाका करिव २६ वर्षीय रामकुमार सदाय र १९ वर्षिय निकेश सदायमाथि यूवाहरुको समूहले छुरा प्रहार गरेका थिए । छात्तीमा छुरा लागेका रामकुमारको मृत्यु भएको छ भने, निकेश घाइते भएका छन् ।
पीडित पक्षका अनुवा शिवसरण दायले आरोपीलाई पक्राउ नगरेसम्म आन्दोनल जानरी रहने बताए । उनले आफूहरु शान्तिपूर्ण आन्दोलनमा छौं, पीडितलाई तुरुन्त पक्राउ गरी कार्वाहीको लागि अपिल गर्दछु ।’
प्रहरीले भने घटनामा संलग्नहरुको पहिचान खुलिसकेको बताएको छ । उनीहरु घटनालगतै फरार रहेका उनीहरुको खोजी कार्यतिब्र भएको बताए ।

DSC_0339