सप्तरी, ४ पुस । सप्तरीमा बलात्कारको झुठामुद्दा लगाएर जेल पठाइदिने धम्की दिएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । खडक नगरपालिका वडा ९ लालपट्टीका ३२ वर्षीय रहमान मियाँ र रुबिना खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।
रुबिनाले गएको मङ्सिर ३ गते त्यही ठाउँकी समसुल मियाँका पत्नी गुलेसा खातुनलाई फोन गरी समसुलले बलात्कार गरेको र मुद्दा मिलाउन चार लाख रुपैयाँ नदिए मुद्दा हालेर जेल पठाउने धम्की दिएका थिए । रुबिनाले गएको मङ्सिर १० गते बार्गेनिङ गरी एक लाख रुपैयाँ ठगी गरेकी थिइन् । पीडित पक्षले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।