सिरहा, ४ पुस । सिरहाको गोलबजार नपा ६ मा छुरा प्रहारबाट मृत्यु भएको घटनाका दोषिलाई कार्वाहीको माँग गर्दै स्थानीयले आज विहानै देखि गोलबजारको ठाउँ ठाँउमा टायर बालेर सटडक अवरुद्ध गरेको छ । स्थानीयले प्रहरीको लापर्वाहीकै कारण दोषी उम्मेको भन्दै तत्काल दोषिलाई पक्राउगरी कार्वाही, घाईतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्तीको माग सहित सडक जाम गरेको हो ।
सडक जामका कारण सयौं सवारी साधन र हजारौं यात्रि अलपत्र परेका छन् । स्थानीय प्रशासनसँग सडकमै बार्ता गर्ने भन्दै पीडित पक्ष सडकमा टायर बालेर धर्नामा बसेका छन् । स्थानीय युवा सरण सदायले घटनामा सलग्न युवाहरुले यस अघिपनि पटक पटक हाम्रो समूदायलाई दुःख दिंदै आएको र प्रहरीले त्यसलाई नजरअन्दाज गर्दै आएकाले यो घटना घटेको आरोप लगाए ।
शनिवार बेलुमा बजारबाट तरकारी किनेर गईरहेको बेला स्थानीय केही युवाले घेरेर गोलबजार नपा ६ डोहटियाका करिव २६ वर्षिय रामकुमार सदामाथि छुरा प्रहार गरेको थियो । छुरा प्रहारबाट घाइते उनलाई उपचारका लागि धनगढीमाई नपा ९ मा रहेको आरके मेरिसीटी अस्पताल पुर्याएपनि उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
घाइते सोही ठाउँका १९ वर्षिय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ । प्रहरीले घटनामा संलग्नहरुको पहिचान भईसकेको र उनीहरुलाई चाँडै कार्वाहीको दायरामा ल्याउने बताएको छ ।

DSC_0065 DSC_0106