वीरगञ्ज, २७ मंसिर । पर्सा प्रहरीले १६ वर्षिय किशोरीलाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । विवाहगर्ने प्रलोभन तथा दवावमा पारी पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा भारत जम्मु कश्मीर चट्टाभोर क्याम्प वडा नम्बर २ तसिल गाडीगाडका २९ वर्षीय सतवन्त सिँहलाई प्रहरीले पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका ११ श्रीपुरस्थित आफ्नै कोठामा लगि मंसिर २४ गते जबरजस्ती करणी गरेको भन्ने किशोरीका अभिभावकले दिएको जाहेरीका आधारमा प्रहरीले सिँहलाई पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी ओमप्रका शखनालले जानकारी दिए ।
सिँहलाई जिल्ला अदालत पर्साबाट जबरजस्ती करणी सम्बन्धी कसूरमा ५ दिनको म्यादथप गरी आवश्यक अनुसन्धान भईरहेको डिएसपी खनालले बताए ।