सप्तरी, २३ मंसिर । सप्तरीको सुरुङ्गा नगरपालिका ९ का ४५ वर्षीय कुख्यात अपराधी गुल्जार मियाँलाई प्रहरीले पक्राउ गरेको छ । साविक पटेर्वा गाविस १ का कैलि खातुनको जाहेरी अनुसार उनका श्रीमान ४८ वर्षीय सहबुद र बुहारी २७ वर्षीय सगिरा खातुनलाई कर्तब्य ज्यान गरि फरार रहेको मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र पासमानको कमाण्डमा खटिएका प्रहरी टोलिले गोप्य सुचनाको अधारमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ महेशवारीमा लुकिछिपी बसिरहेको अवस्थमा मियाँलाई पक्राउ गरेको बताइएको छ । रेड कर्नर नोटिस समेत जारी भईसकेको मियाँलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पासवानले बताए ।
साहबुद र सगिराको शव साबिक कल्याणपुर गाविस ८ बिसनपुर चौकदेखि ३ सय मिटर दक्षिण २०७२ जेष्ठ ६ गते प्रहरीले फेला पारेको थियो । उक्त घटना संलग्न सप्तरी सारश्वर ४ बस्ने आलाउद्धिन मियाँ, उनकी श्रीमती बविना खातुन, साविक टिकुलिया गाविस ७ बस्ने सकिल हुसेन मियाँ, शम्भुनाथ नगरपालिका २ कनकपी बस्ने नसरुल मियाँ, भारत जिल्ला मधुबनी लौकहा बगमरिया हाल सप्तरी सारश्वर गाविस ७ बस्ने मस्तकिम भन्ने रईस मियाँ यसअघि नै प्रकाउ परि सकेको छ । जसमा सकिललाई इन्टरपोल सहयताले कतारबाट र रईसलाई बिदेश जान लागेको बेलामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । भने गुल्जार मियाँ फरार भएका थिए ।
यता, जन्डौल घर भएकी दुलारी देवी साहको समेत कर्तब्य ज्यान गरि मियाँ फरार रहेको थियो । साबिक जनडौल गाविस ८ स्थित चुरे जगंलको फेद कुलो कल्र्भटमा गाडेको अवस्थामा २०७२ बैशाख २७ गते देवी साहको मानव कंकाल फेला परेको थियो । पक्राउ परेका गुल्जार मियाँलाई आवश्य कार्वाहीका लागि सम्मानि जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफलेले बताएको छ ।