वीरगञ्ज, १४ मंसिर । वीरगञ्जबाट अवैध लागु औषधसहित ५ जनापक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटबाट प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले नियमित चेकजाँचको क्रममा अवैध लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा साइकल चलाउँदै रक्सौलतर्फ जाँदै गरेको अवस्थामा भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी नवकाटोला ८ का ६५ वर्षीय रामबालक साहलाई प्रहरीले पक्राउ गरेको हो । साहको साथबाट २ केजी ५ सय ग्राम लागुऔषध चरेश फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार साहविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध खैरो हिरोईन तथा गाँजासहित अन्य ४ जनालाई पनिपक्राउ गरेको छ । बाराको परवानीपुर गाउँपालिका ३ का ३१ वर्षीय भोला साहलाई ०.५ ग्राम खैरो हिरोईनसहित वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै ३ ग्राम ७ सय मिलिग्राम खैरो हिरोईन सहित मकवानपुरको हेटौडा उपमहानगरपालिका २ का २० वर्षीय सञ्ज्य बानियाँलाई पनिप्रहरीले पक्राउ गरेको छ । यता वीरगञ्ज महानगरपालिका १२ मुर्ली निवासी २० वर्षीय बिकास साहलाई पनिप्रहरीले १ ग्राम खैरो हिरोइन र १ पुरीया गाँजासहित पक्राउ गरेको छ ।
प्रहरीले वीरगञ्ज महानगरपालिका १२ मुर्ली निवासी २८ वर्षीय जितेन्द्र साहलाई पनि १ ग्राम खैरो हिरोइन र १ पुरिया गाँजा सहितपक्राउ गरेको प्रहरी प्रवक्ता खनालको भनाई छ । पक्राउ परेका पाँचैजनाविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।