सिरहा, २५ कात्तिक । सिरहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाले मिर्चैया नपा ४ बाट स्थानीय २८ वर्षिय अनिथा महरालाई लागु औषध गाँजा र नाईट्रोभेट १० लेखिएको ट्यावलेट सहित नियन्त्रणमा लिएको हो ।
आँपको बगैचामा घुमफिर गरिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट एक सय ग्राम लागू औषध गाँजा र नाईट्रोभेट १० लेखेको ट्यावलेट एक सय ५० पिस सहित नियन्त्रणमा लिएइको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।
त्यसैगरी, प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठाडीबाट खटिएको संयुक्त चेकिङ प्रहरी टोलिले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको लहान नपा १९ का २१ वर्षिय प्रेम मण्डललाई लागू औषध नाईट्रोभेट ७५ ट्यावलेट सहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धानभईरहेको प्रहरीले जनाएको छ ।






















