सिरहा, २४ कात्तिक । सिरहा प्रहरीले ४ बर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा धनुषाका एक युवक पक्राउ गरेका छन् । सोमबार साँझ सिरहाको कल्याणपुर नगरपालिका ११ मा रहेको आँप बगैंचामा लगि ४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा धनुषाको कमला नगरपालिका ६ का २० बर्षीय शेष कुमार महतो लाई पक्राउ गरेका हुन् ।
उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले कल्याणपुर नगरपालिकाको ११ मिलनचौकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरीका सूचना अधिकारीं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका महतोलाई सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।