आशिष विश्वकर्मा

सिरहा, १६ कात्तिक । सिरहा धनगढीमाई नपा ७ कसहाका ४८ वर्षिय अर्जुन पण्डित (कुम्हाले) लाई अहिले भ्याई नभ्याई छ । उनीमात्र हैन यहाँका करिव ४० घर परिवार पण्डितहरु भित्रिदै गरेको दिपावली, छठ पर्वका लागि माटोका भाँडा बनाउन तल्लिन छन् ।
दिपावली लागि चाहिने माटोको पाला तथा छठ पर्वमा चाँहिने दियो, डिबिया, पाला, धुपैरो, हात्ती, कोसिया, कुर्वार, मट्का (माटोको गाग्री) लगायतका सामाग्रीको माँग बढेपछि कुम्हाले समुुदायलाई चटारो भएको हो ।
तराईका सांस्कृतिक पर्व छठ तथा दिपावली नजिकिदै गर्दा पूजाका लागि चाहिने माटाका भाँडाको माँग अत्यधिक भएकाले परिवारै भाँडो तथा पुजा सामग्री बनाउन वेस्त भएका हुन् ।
छठ र दिपावलीमा नै सवैभन्दा बढी माटाका भाडाहरु विक्ने भएकाले अर्जुनका परिवारै यतिखेर व्यस्त छन् । उनलेभने, ‘दशंै वितेसँगै म, कान्छो छोरा रामवृक्ष, बुवा वैजनाथ, छोरा, र मेरी श्रीमती विहान देखि वेलुका सम्म यसैमा लागेको हुन्छौं, अहिले राम्रै कमाई हुने भएकाले अरुकाम थाती राखेर यसमा लागेका हौं । उनले थपे यही एक महिनाको अवधिमा सवै खर्च कटायर लाख रुपैयाँ सम्म बचत हुन्छ ।’
वर्षभरी सवैभन्दा बढी अहिले नै माटोको सामग्री विक्रि हुने भएकाले पनि उनीहरु बजारको माँग अनुसार सामग्री निर्माणमा जुटेका हुन । धनढीमाई नपा ७ कसहाकै ३१ वर्षिय मूसहरु पण्डितलाई पनि अहिले उस्तै चटारो छ । उनी श्रीमती, आमा सहित विहानै देखि माटो भिजाउने, मुछ्ने देखि माटाका सामाग्री बनाउन मै व्यस्त छन् ।
अहिले कै कमाई धेरै हुने भएकाले पनि यो समुदाय दिनरात नभनी काममा लाग्ने गरेको मूसहरुले बताए । उनले भने, ‘अहिले नै राम्रो विक्रि हुने हो, अरु वेला त्यति चल्दैन । त्यमाथि छठ तथा दिपाली पर्वका लागि रकम जोह गर्नुपर्ने वेला भएकाले परिवारै मिलेर काम गर्ने गरेका छौं । उनले थपे यो काममा साना देखि ठूला सलैको काम हुन्छ । कोही माटो ल्याउने, भिजाउने, माटाका सामाग्री वनाउने, त्यसालई सुकाउने, पोल्ने सम्मको अवस्थामा सवैले काम पाउँछन् ।’
प्लाष्टिकका भाँडाले बजार खाएपनि तराईमा धुमधामका साथ मनाई छठ लगाएतका डाचपर्व, विवाह तथा पूजाहरुमा माटाको भाडा अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने मान्यता छ ।
उनले गतवर्ष चाड पर्व मनाएर ५५ हजार रुपैयाँ बचत गरेको बताए । उनलेभने, ‘जो सँग जति जनशक्ति छ उनले त्यही अनुसार कमाई गर्ने हो, म एकले छु त्यसैले कम बचत भएको हो ।’
पूजा तथा विशेष पर्व तिहारमा मात्र काम लाग्ने भएकाले अरुवेला भने माटाका भाँडा वर्तन विक्रि कम हुने गरेको उनीहरुको भनाई रहेको छ । प्लास्टिका सस्ता सामाग्रीका कारण मेहनत अनुर आफूहरुले उत्पादन गरेको सामग्रीले मूल्य नपाउँदा आफ्नो पेसा धरापमा परेको उनीहरुको बुझाई रहेको छ ।kasaha 2 mato (1)