सिरहा, १५ कात्तिक । प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा ३ लाखभन्दा बढी मूल्यको औषधिसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
लहान नगर पालिका १९ कटहा चौकबाट १४ कार्टुनमा लिकोटोन २ सय २५ एमएलको १ हजार ६२ बोतल औषधि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रबक्ता बुढाथोकीका अनुसार प्रदेश २–०१–००१ ह. ०६७३ नम्बरको टेम्पुमा ल्याउँदै गरेको अन्दाजी ३ लाख ३९ हजार ८ सय ४० मूल्य बरावरको औषधिसहित सिरहाको बरियारपट्टि गाउँपालिका ५ का १८ बर्षीय राकेश कुमार यादव र टेम्पु चालक लहान नगरपालिका १ का २२ बर्षीय शत्रुद्यन रामलाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएको समाग्री सहित आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय ठाडीमा बुझाईएको छ ।
किराना पसलमा गाँजा बेच्ने बृद्ध पकडाउ
त्यसैगरी, सिरहा प्रहरीले लागूऔषध गाँजा सहित एकवृद्धलाई नियन्त्रणमा लिएको छ ।
किराना पसलमा बेच्न राखेको लागुऔषध गाँजा सहित लहान नगरपालिका ९ का देबनारायण चौधरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गाँजा बेच्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले चौधरीलाई ९ सय ग्राम गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहा सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भईरहेको जनाएको छ ।