धुर्मुस–सुन्तलीको ‘म त मर्छु कि क्या हो’ आजबाट ओटीटीमा रिलिज

    • भदौ १२, २०७८
    • ७६५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

     

    हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको चलचित्र ‘म त मर्छु कि क्या हो’ ओटीटी प्लेटफर्मबाट रिलिज भएको छ । धुर्मुस र सुन्तलीको निर्देशनमा तयार भएको यो चलचित्र ओहो मुभिज एपबाट रिलिज भएको हो । यो चलचित्रमा सिताराम, कुञ्जनाको साथमा रवि गिरी, वुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बादलिप राई, सुमन कार्की, सुमन कोइराला लगायतको अभिनय छ ।

    चलचित्रलाई पूर्ण रुपमा कमेडी कथामा निर्माण गरिएको छ । धुर्मुस र सुन्तलीले पहिलो चरणको लकडाउनपछि चितवनका विभिन्न स्थानमा यो चलचित्रको छायांकन गरेका थिए । २ घन्टा लामो यो चलचित्रलाई ओहो मुभिज एप डाउनलोड गरेर केही रकम तिरेर हेर्न सकिनेछ ।

    कलाकार तथा निर्देशक सितारामले भने–‘दर्शकलाई हामीले पूर्ण मनोरञ्जन दिने कोशिशका साथ यो चलचित्र निर्माण गरेका छौं । हामीलाई दर्शकले जुन चरित्रमा रुचाउनुभएको छ, सोही चरित्रमा नै यो चलचित्रमा हेर्न सक्नुहुनेछ ।’

    कोरोना महामारीका कारण विगत डेढ बर्षदेखि नेपाली चलचित्र क्षेत्र शुन्य जस्तै छ । तर, थुप्रै चलचित्रका निर्माताले भने ओटीटीबाट चलचित्र प्रदर्शन गर्ने हिम्मत गर्न सकेका छैनन् । सिताराम र उनको टिमले भने नयाँ ओटीटी प्लेटफर्मबाट यो चलचित्र रिलिज गरेको हो । अनलाइनखबर

     

    उपप्रधान तथा गृहमन्त ...

    काठमाडौं , २८ बैशाख। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि ...

    सिरहाबाट लागुपदार्थस ...

    सिरहा, २७ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सप्तरीको फत्तेपुरमा ...

    सप्तरी, २७ बैशाख। सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा ...

    उपेन्द्र यादवको कार् ...

    काठमाडौं, २७ बैशाख। जसपाका अध्यक्ष अशोक राईले अस ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल