हे राम ! के भयो यस्तो ? हामीबाट एक फूलको गुच्छा पनि जुरेन तिमीलाई,कात्रो पनि दिन सकिएन। छोराछोरी हुँदाहँुदै तिमी टुहुरोजस्तै भएर यो दुनियाँबाट विदा लियौ। तिम्रो प्रिय सन्तान हुँदाहुदै तिमी निपुतरभयौ है !कस्तो दुस्मन रोग रहेछ यो कोरोना ? महोत्तरीको गौशाला–८ बेलगाछी ढल्केबरकी ४२ वर्षीया डिला विश्वकर्मा बर्दिबास अस्पतालको गेटमा चिच्याउँदै बिलौना गर्दै थिइन्। कोभिड–१९ को संक्रमणबाट उनको पिता कवीरमान विश्वकर्माको मृत्यु भएपछि बिछोडको पीडा सहन नसकी उनी मर्माहत भएकी हुन्।
नेपाली सेनाले अस्पतालभित्रै सेतो प्लाष्टिकको ब्यागमा कवीरमानलाई प्याक गरेर बाहिर निकाल्दै थियो। त्यो दृष्य देखेर उनी भावविह्ल हुनु स्वाभाविकै हो। आफन्तजनले उनलाई सान्त्वना दिइरहेको थियो। डिलाको मन बुझाइरहेका आफन्त मिन रहपाल, मञ्जु विश्वकर्माको पनि आँखामा आँसु बगिरहेको थियो।कोरोना महामारीले हालसम्म नेपालमा ६ हजार ७ सयजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक छ।बुबाको अन्तिम मुख हेर्ने डिलाको अन्तिम इच्छा पनि पूरा भएन,पापी कोरोनाले। निर्दयी कोरोनाले उनीबाट सधैंका लागि पिता खोसेन मात्रै परिवारको खुसी पनि लुट्यो।नेपाली सेनाले कवीरमानको शवको व्यवस्थापन गर्यो।
अस्पतालबाट शव बुझ्नउनको परिवारजनले २० घण्टाको पीडादायी प्रतीक्षा गर्नु पर्यो।बुबाको मृत्युको खबर डिलाले आमा दुधिमायालाई सुनाएकी छैनन्।श्रीमान् बितेको खबर दुधिमायाले थाहा पाएपछिउनको अवस्था कस्तो होला ? हामी निशब्द छौं। त्यो भन्ने आँट मसँग छैन। उनको भनाइ छ। जन्मेपछि मृत्यु अवश्यम्भावी छतर प्रियजन गुमाउँदाको पीडा शब्दमा बयान गर्नै नसकिने खालको हुँदोरहेछ। डिलाका भाइ रनबहादुर विश्वकर्मा अस्पतालको एक कुनामा मुख छोपेर रोइरहेका छन्।उनीआफैंलाई सम्हाल्ने प्रयास गरिरहेका छन्तर बेलाबेलामा भक्कानो छुट्छ बुबा कवीरमानको सम्झनाले। जति मन बुझाउन खोज्यो उति पीडा ताजा भएर आउँछ उनलाई।‘भगवान् तिमी छौ भनेयस्तो शोकमा कसैलाई नपारिदेऊ’, रनबहादुर भन्छन्,‘जन्मेपछि मृत्यु अवश्य हुन्छ तर यस्तो मृत्युले हाम्रो मन जीवनभर पोल्ने भ
बुबा हुँदा पूरा संसार थियो, रनबहादुरसँग तर उहाँको मृत्युले उनको जीवनका पानाहरूका उत्साह, उमंग र खुसीसबै लुटिदियो। अब हिजोजस्तो दिन रहेनन्। गरिबी जीवनका जतिसुकै पीडा, दुःख भए पनि बुबाको अनुहार देखेपछि उनी सबै बिर्सिन्थे।बर्दिबास अस्पतालमा कोभिड–१९का लक्षणबाटै तीनजनाले एकै दिन प्राण त्यागेका थिए।शव बुझ्न अस्पतालको गेटमा आएका प्रियजनको रोदनले सबै स्तबध देखिन्थे।
अस्पतालकै गेटमा भेटिए, गौशाला–९ भरतपुरका ३२अनिल साह। हतास, मलिन अनि फुंग उडेको अनुहारमा रोदन देखिन्थ्यो।उनी पनि जीवनको कठिन मोडमा पुगेका रहेछन्। अनिललाई पनि डिलाजस्तै पीडा छ। उमेरले ५४ टेक्दै गरेका उनका बुबा रामलखन पनि अब उनको साथमा छैनन्। १८ घण्टादेखि मृत पिताको मृत्यु पत्र बुझी शव लैजान कुरिरहेका थिए।अस्पतालसँग शववाहन नभएकाले उनलाई शव बुझ्न कुर्नु परेको थियो।बुबा बचाउन उनले कुनै प्रयास बाँकी राखेनन् तर उनी कोरोनाका अघि हारे। गरिब परिवारका अनिलले ऋण काढेर कोरोनासँग पितालाई बचाउन पनि प्रयास गरे तर त्यो पनि विफल भयो।
धेरै मानिस प्रियजनको मृत्युको शोकले भावविह्ल भएका छन् भने कति रोगसँग पैठेजोरी खेल्दैछन्। अहो ! त्यो दुर्दशा अहिलेसम्म कहिलै नदेखेको दृश्य, नसोचेको अकल्पनीय घटना, नभोगेको पीडा नेपालीजनले भोग्दैछन्।
अनिलको बुबालाई हल्का ज्वरो र रुघाखोकी पनि लागेपछि गाउँकै क्लिनिकका स्वास्थ्यकर्मीसँग देखाएका थिए।ठीक भएन। बुबाको स्वास्थ्य अवस्था बिग्रियो। बर्दिबासस्थित शुभस्वतिक अस्पतालल्याए। त्यहाँबाट रेफर गरेर कोरोनाको जाँचका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याए। पीसीआर स्वाब संकलन भयो। रिपोर्ट आउन ढिला भयो। उता बिरामीलाई श्वास फेर्न समस्या हुनथाल्यो। ‘इमर्जेन्सी भर्नाका लागि पूर्जी कटाएर ल्याएँ। पीसीआर रिपोर्ट नभएसम्म भर्ना नलिने अस्पतालले जवाफ दियो’, अनिललले भने,‘आँखैअगाडि त बुबालाई त्यसै छोड्न सकिनँ। ६० हजार कर्जा खोजेर ग्रान्डी अस्पताल जनकपुरमा पुर्याएँ।’दुई दिनमै अक्सिजन, बेड चार्ज र औषधिमा अस्पतालले ६० हजार लियो। बिल पनि दिएन। खल्तीको पैसा सकिएपछि बुबाको पीसीआर रिपोर्ट पोजेटिभ आयो।
बुबालाई लिएर उनी बर्दिबास अस्पताल फर्किए। त्यहाँ निःशुल्कमा औषधि, अक्सिजन र बेड पाइयो तर उनको बुबालाई डाक्टरले बचाउन सकेनन् किनकि अवस्था निकै खराब भइसकेको थियो।अनिलका बुबा रामलखन जस्ता हजारौं मानिसलाई निर्दयी कोरोना भाइरसले प्रियजनको साथबाट खोसेर माटोमा मिलाइसकेका छन्।नेपालमा हालसम्म ५ लाख २८ हजार ८ सय ४८ जना कोभिड–१९ को सिकार भइसकेका छन्। सयौं मान्छे अस्पतालको बेडमा जीवनको अन्तिम क्षण पर्खदै छन्।
चीनको वुहानलाई मुहान र विश्वलाई माइती घर बनाउने कोरोनाले एक वर्ष यतादेखि नेपालमा तहल्का मच्चाएको छ।यसैका कारण बर्दिबास–५ चेरुका ओमकुमार बस्नेतका बुबा नरबहादुरको जीवन पनि पूर्णविराम लाग्यो। यो महामारीले ओमको मनमा गहिरो घाउ बनाइदिएको छ।उनको बर्दिबास अस्पतालमा उपचारकै क्रममा ७२ वर्षको उमेरमा जीवन लीला त्यागे।धेरै मानिस प्रियजनको मृत्युको शोकले भावविह्ल भएका छन् भने कति रोगसँग पैठेजोरी खेल्दैछन्। अहो ! त्यो दुर्दशा अहिलेसम्म कहिलै नदेखेको दृश्य, नसोचेको अकल्पनीय घटना, नभोगेको पीडा नेपालीजनले भोग्दैछन्।
कोरोनाले जतिसुकै कहर बर्साएपनि पनि मनुष्य जीवन पथमा अघि बढ्दै छन्। विषम परिस्थितिका बाबजुद बुलन्द हौसलाका साथ डटेर सामना गर्दै नेपालमा साढे ४लाखभन्दा बढी मानिसले कोरोना जितेको खुसीको खबर छ।यो खबर लेख्दा लेख्दै बर्दिबास स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु यादवले पंक्तिकार पनि कोरोनाबाट संक्रमित भएको जानकारी पठाएका छन््। जीवन छ र त संघर्ष छ, पृथ्वी छ र त मानव छ। रोगबिनाको जीवन सम्भव पनि त छैन। रोग र भोककै लागि जीवन संघर्षरत हुनुपर्ने नियम जो छ।
जीवन चारपटक दुर्घटनाबाट घाइते भई मृत्युलाई नजिकबाट नियालेको छु। डेंगु र कोरोनाको पहिलो संक्रमणबाट बाँचेको छु। दोस्रो लहरको कोरोना पनि जित्ने विश्वास लिएको छु। अनुहार
हँसिलो बनाउने प्रयासमा सधैं छु। उच्च मनोबल राख्छु मसधैं। पक्कै कोरोनालाई हराउँछु। उच्च आत्मबल भए रोगलाई जित्न सक्छौं। कोरोनालाई धेरैले जितेको पनि छन्।मैले पनि पहिलो संक्रमण जितेको थिएँ।सचेत भएर कोरोना महामारीसँग लड्नु पर्छ, डराउने होइन।सधैं यस्तो समय रहँदैन, चाँडै मानव जातिका लागि खुसी र सुखी दिन आउनेछन्।त्यो दिन विश्वका मानवले जित्नेछन्, कोरोना महामारीको हार हुनेछ। अनपूर्ण पोष्ठ अनलाईबाट ।