गमक पोष्ट समाचारदाता / लहान, ९ जेठ । कोभिड –१९ को दोस्रो लहर सुरु भएसंगै सङ्क्रमितको संख्या दैनिक बढेसँगै सिरहाको लहान नपा १५ मा लाग्ने बैशाखी पूर्णिमा मेला नलाग्ने भएको छ । सङ्क्रमण नियन्त्रणका लागि जिल्ला प्रसाशन कार्यालयले जेठ २१ गते सम्मको लागि निषेधाज्ञा जारी गरेकोहुँदा यो वर्ष पनि मेला नलाग्ने भएको हो ।
धार्मिक महत्वको सगरमाथा अञ्चलको प्रमुख व्यपारी केन्द्रको रुपमा परिचित लहान १५ ढोडना रहेको राजदेवी पञ्चावती मन्दिरमा प्रत्यक वर्ष बैशाख शुक्ल पूर्णिमाकै दिन भब्य मेला लाग्न गर्दछ । यस वर्ष जेष्ठ १२ गते बुद्धवारका दिन पूर्णिमा परेको छ ।
भाकल गरे अनुसार मनोकांक्षा पुरा भएपछि बोका, परेवा, हासको बली चढाउने दर्शनार्थीहरुको ठुलो संख्यामा भिड लाग्ने यो मन्दिरमा गतवर्षपनि मेला प्रभावित भएको थियो । राजदेवी पञ्चावतीलाई बैशाख शुक्ल पुर्णिमाका दिन मात्र बलि दिने परम्पराग मान्यता रहि आएको छ । मेला भर्न र भाकल पुरा भएपछि मन्दिरमा पशुपक्षीको बलि दिन सिरहा, सप्तरी, उदयपुर, धनुषा, महोतरी तथा छिमेकी मुलुक भारतको बिहार राज्यका विभिन्न स्थानबाट आएका भक्तजनहरुको ठुलो भिड लागने गर्छ ।
सन्तानप्राप्ती, रोग विनाश, कार्य सफलताका लागि भतmजनहरुले सगरमाथा अंचलको प्रमुख व्यापारी केन्द्र लहान बजारदेखि नौ किलोमिटर उतरमा ३ बिगहा क्षेत्रफलमा फैलिएको जंगलमा अवस्थित राजदेवी मन्दिरमा बोका, पाठी,हास,परेवा र कुखुराको बली दिने गर्छन् । पुरुषले भाकल गर्दा बोका र महिलाले भाकल गर्दा पाठी बली दिने परम्परा रहि आएको छ । स्थानीयवासीहरुका अनुसार, सो क्षेत्रमा जंगल परापुर्वकालदेखि नै थियो । मन्दिरका मुख्यपुजारी डम्वरबहादुर भटका अनुसार, दसपुस्ता अघि त्यस क्षेत्रको जंगलमा जंगली जनावरले दुःख दिनथाले पछि धामी ९झाक्रि०लाई देवीले सपनामा सो क्षेत्रमा मन्दिर स्थापना गरी पुर्णिमाको दिन बली दिने भने अनुसार, यहाँ बली दिने परम्परा रहेको छ । पुजा व्यवस्थापन समितीका अनुसार, गत वर्ष पुर्णिमाको दिन २० हजारको संख्यामा बोकापाठी र १४ हजारको संख्यामा परेवा , हास, कुखुराको बली दिएको थियो । तर यस वर्ष २५ हजारको हराहारीमा बोकापाठी बली प्रदान हुने समितिको पुर्वअनुमान छ । स्थापनाकालदेखि नै बलिदिएको पशुपंक्षीको टाउको समितिले राखने गरेका थिए भने तर केहि वर्षदेखि मेला समितिले आफु राजी खुशि विगतको निर्णयलाई वेवस्ता गदै आर्थिक प्रलोभनमा परि एक सयमा टाँउको दिने गरेका छन् ।
वडा अध्यक्ष तेज नारायण चौधरीका अनुसार, पुर्णिमामा बली दिन नमिल्ने भएपनि राजदेवी मातालाई चण्डी पुर्णिमाका दिन मात्र बलि दिइन्छ । मेलामा देशको विभिन्न जिल्ला तथा भारतको विहार राज्यबाट समेत दर्शनार्थीहरुको ठूलो घुईचो लागने गर्छन् । मेलाको दुई या तिन दिन अगाबै भारतको विहार राज्यबाट ठूलो संख्यामा दर्शनार्थीहरु आएर नजिकै रहेको विद्यालयमा बास बस्ने गर थियो तर यस पालि कारोनाको दास्रो लहरका कारण सिमा क्षेत्र बन्द हुदा दर्शनार्थीहरु आएका छैन ।
मेलाका दिन भाकल गरे भाकल पुरा हुने जनविश्वाश रहेको मेला भर्न आएका दर्शनार्थीहरुले बताए । हिमाल देखि तराई सम्मका विविधताले अनेकौ स्वाद र रुचिका पर्यटक तान्ने सम्भावना पञ्चावती मन्दिरसंग छ । तर यस्ता पर्यटकीय आर्कषणका धार्मिक एवम सास्कृतिक झल्कने महत्वका यी स्थलहरुको संरक्षणमा नेपाल सरकारले समयमै चासो नदेखाए लोप भई पर्यटकीय आर्कषणको वस्तु पनि हराउन सक्ने अशांका स्थानीयवासी बिरेन्द्र चौधरीले धारणा व्यतm गर्नुभयो ।
मेलाका दिन मात्र होईन सर्बै दिन मन्दिरमा पूजा तथा दर्शन गर्न आउने दर्शनार्थीको संख्यामा दिन प्रतिदिन बढ्दै गएको अनुभव चौधरीले सुनाए । मन्दिरको धार्मिक एवम ऐतिहासिक महत्वलाई बुझेर नेपाल सरकारले त्यस क्षेत्रमा बाटो घाटोको राम्रो सुविधा तथा मन्दिरको उचित संरक्षण पु¥याउन सके थुप्रै विदेशी पर्यटक आउने र यस क्षेत्रका सर्वसधारणको आर्थिक स्तर समेत माथि उठने स्थानियवासीहरुको भनाई रहेको छ ।