गमक पोष्ट समाचारदाता / बर्दिवास, ४ जेष्ठ । महोत्तरीको मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा मंगलबार जग्गाको सीमा विवादमा दुई पक्षबीच
भएको झडपमा एक युवकको मृत्यु भएको छ । दुई समूहविच भएको लाठी र चिर्पट हानाहानमा स्थानीय २६ वर्षिय जाविर राइनको मृत्यु भएको हो ।
नातामा मामाभान्जा रहेका स्थानीयवासी मोस्लिम राइन र मोतालिभ राइन दुवै जनाको जग्गाको बीचमा मंगलबार शौचालय निर्माण सम्बन्धी विवादहुँदा पक्षबाट बाँसको लाठी र चिर्पट हानाहान भएको बताइएको छ । झडपमा घाइते राइनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सुचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।
लाठी र चिर्पट हानाहान भइरहेकै बेला मोतालिभले मोस्लिमका छोरा जाविरको टाउको बाँसको ठूलो भाटा प्रहार गर्दा उनको टाउको काटिएर गम्भीर घाइते भई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थिया ।
सोही घटनामा परी मोतालिम राइन, छोटन राइन, हजरत राइन र मीना खातुन गम्भीर घाइते भएका छन् ।