गमक पोष्ट समाचारदाता
सिरहा, २७ बैशाख । सिरहाको लहान गएराती फेरी डकैति भएको छ । लहान नगरपालिका १ सिग्राहीमटियर्वा नयाँ वस्तीका ईन्द्रदेव ठाकुरको घरमा ६÷७ जनाको समूहमा आएका डाँकाहरुले मध्यराती लुटपाट गरेका हुन् ।
ठाकुरका दुवै छोरालको कन्चटमा पेस्तोल राखी लुटेराहरुले दराजको साँचो लिएर २ तोला सुन, २० तोला चाँदी र नगद सहित करिव ६ लाख बराबरको नगद र गरगहना लुटीएको प्रहरीले जनाएको छ । लुटेराहरु घरबाहिरबाट बाँसको झर्याङ्ग लगाएर छतहुदै भित्र पसेर सवैको मोवाईल नियन्त्रणमा लिएर लुटपाल गरेको ठाकुरले बताए ।
लुटेराहरु सामान लिएर भागेपछिमात्रै ठाकुर परिवारले छिमेकीलाई भनेर प्रहरीलाई खवर गरेका थिए । सूचना पाएलगतै ईलाका प्रहरी कार्यालय लहानबाट टोली घटनास्थल पुगेका थिए । घटना व्यक्तिगत रिसिविका कारण भएको हुनसक्ने इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डा.तपन दहालले जानकारी दिए । उनले राती देखि नै अनुसन्धान थालिएको बताए ।
पछिल्लो केहि दिनदिन लहानमा डकैतिको घटनामा बृद्धि भएको छ । यस अभिपनि सूनचाँदी व्यवसायी प्रदिप विश्वकर्मामा डाका समूहले हत्या गरी सुनचाँदी लुटेर लगेका थिए ।