गाम पोष्ट समाचारदाता / लहान,१४ बैशाख । मिथिला अञ्चलमा भोजभतेर, चाडपर्व र पाहु‘नालाई सम्मान स्वरुप अहिले पनि यस समाजमा चननचुर, बास्मती, करियाकामत, नाजिर र कनकजीर धानको चामलको भात खुवाउने प्रचलन कायमै भए पनि उचित संरक्षणको आभावमा यी जातका धानहरु लोप हुने अवस्थामा पुगेका छन् ।
केवल फरक यति मात्र छ १८ वर्षअधि मिथिला समाजमा त्यसरी स्वागत सत्कारका लागि आफ्नै उत्पादन प्रयोग गर्ने गर्थे तर अहिले विदेशबाट आयतित चामलको प्रयोग गर्ने गर्दछन् । जल उपभोक्ता समिति सप्तरी हरिपुर–७ पोखरीयाका अध्यक्ष शिव प्रसाद चौधरीका अनुसार, आयातित भए पनि स्थानीय बजारमा सबै भन्दा बढि उपभोग हुने गरेको बताउ‘छन् ।
अध्यक्ष चौधरीका अनुसार, बितेको १७ वर्षयता आएर लोप हुने धानको जातहरुमा हरिकिरण, करियाकामत, बास्मती, घुसरी, चननचुर, गहुमा, नाजिर, कनकजिर र भाल्सर लगायतका छन् । खॉदा स्वादिलो, वास्नायुक्त तथा स्वास्थ्यवद्धक मानिने यी प्रजातिका धानहरु लोप हुनुका प्रमुख कारणमा यिनीहरुको उत्पपादन क्षमतामा नै कमी रहेको उहॉको कथन छ । सप्तरीको सुरुङ्गा नगर पालिका–५ कुसहाका किसान अछमित चौधरी यस सम्बन्धमा भन्छन् ‘‘पुराना जातका धाजातिको मिठो तथा स्वादिलो अहिलेका जातमा छैनन् । तर पनि के गर्नु वर्षभरि खानको लागि पुगनु प¥यो’’ ।
यी प्रजातिका धानहरु लोप हुने कारण कम उत्पादनमा लामो समय लाग्ने, पानी प्रशस्त मात्रामा चाहिने बढि मलको प्रयोग यी कारणहरुले गर्दा यी प्रजातिका धानहरु यस्तो अवस्थामा पुगेको किसान चौधरी सुनाउ‘छन् । चाडबाड र प्रथा बाचाइ राख्नका लागि भए पनि सीमित वर्गका किसानहरुले थोरै जमिनमा पुरानै जातका धानलाई निरन्तरता दिएको भेटिन्छ ।
कृषक चौधरीले आफ्नो परिवारलाई पुग्ने गरी खेतमा बास्मती, करियाकामत धान लगाएका छन् बॉकिमा मात्र बढि उत्पादन हुने मन्सुली, कान्छी मन्सुली र राधा रोपेका छन् । उनको कथन छ परिवर्तित समय स‘गै लोपोन्मुख यी प्रजातिका अध्ययन अनुसन्धान गरी विकसित गर्दै लगेमा यी जातका धानहरु फेरी उत्पादनमा आउन सक्छन् ।
लगानी अनुसारको उत्पादन हुन नसक्दा सिराहा जिल्लाका किसानहरु चैतेधान खेती गर्न विस्तारै छोड्दै आएका छन् ।
जिल्ला कृषि विकास कार्यालय सिराहाका अनुसार, यहाँका किसानहरुले लगानी गरेजति चैतेधानले प्रतिफल दिन नसक्दा किसानहरु यसको खेती गर्न छाड्न थालिएको हो । चैते धानको दाना बन्ने बेलामा कीरा बढी लाग्ने र प्रायः चैतेधान नष्ट हुदा यहाँका किसानहरु यसको खेतीबाट विमुख हुन थालेको किसानहरु बताउँछन् ।
कृषक समुदायको कृषिसम्बन्धी परम्परागत विचारधारामा परिवर्तन ल्याई उत्पादन बढाउने उद्देश्य लिए पनि किसानहरुले समयानुकूल सरल, सस्तो र प्रभावकारी नयँं प्रविधि कृषकसमक्ष पुग्न नसकेपछि उत्पादनमा ह्रास आएको विज्ञहरुको दाबी छ । दीर्घकालीन कृषि योजना ९एपिपी०लाई आधारमानी उत्पादन पकेटहरुको विकास र व्यावसायिकी करणमा प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्नसके सिराहा जिल्लामा पनि चैतेधानको उत्पादन राम्रो हुने र यसबाट बढी आर्थिक लाभ लिनसक्ने किसानहरुको सुझाव रहेको छ ।