सुरेश राय / सिरहा, ४ बैशाख । लामो समयपछि भएको वर्षाका कारण किसान खुशी भएपनि इँटा व्यवसायीहरु मर्कामा परेका छन् । पानी परेसँगै खेतीबाली सप्रिने, केही दिन अघिदेखि बढेको वातावरणीय प्रदूषण कम हुने बाँझो जमिन खनजोत गर्न नयाँ बाली लाउन सजिलो हुने भएपनि इँटा व्यसायी भने मर्कामा परेका हुन् ।
सिरहामा शुक्रवार बेलुकी हावाहुरी सहित परेको असिना पानीले पठकाउन ठिक्क पारेर राखिएको काँचो इँटा गल्दा करोडौको क्षति भएको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका ५१ भन्दा बढी इँटा उद्योगमा पकाउन तयारी अवस्थामा राखिएका काँचो इँटा गल्दा एक करोड ५० लाख भन्दा बढी मूल्यको क्षति भएको हो ।
गोलबजार ४ मा रहेको शिब इँटा उद्यागमा पनि पानीको कारणले करिब तीन लाख इँटा काम नलाग्ने भएको बताए । उद्योगमा सञ्चलक मोहन साहले आफ्नो उनले आफूले थोरै पानी जमेपनि नलग्ने गरी राखेपनि यतिठूलो क्षति भएको बताए ।
त्यसैगरी, सिरहाको नरहा गाउपालिका २ पानवारीमा रहेको राजु इँटा भटामा पनि चार लाख भन्दा बढिको इटा गलेको बताइएको छ । उनले यो क्षेत्र थोरै पानी पर्दापनि जम्ने भएकाले धेरै क्षति भएको बताए ।
गए राती असिना सहित परेको पानीले करिब चार लाख भन्दा बढि इटाँ गलेको गोलबजार नपा ४ मा रहेको सागर इँटा उद्योगका संचालक धर्मनाथ साहले बताए । पानीले बनेको इँटा विग्रदा आफ्नोमात्र करिव १२ लाख मूल्य घाटा भएको जनाए ।
एउटा काँचो इँटा तयार पार्दासम्म ३ रुपैयाँ खर्च हुने गरेको श्री सागर इँटा उद्योगका सञ्चालक तथा नेपाल इँटाभट्टा महासंघका केन्द्रीय सदस्यतथा जिल्ला अध्यक्ष विक्रम साहले जानकारी दिए । साहले भने, ‘माटो, पानी, लेवर समेत गर्दा एउटा काचो इँटा तयार पार्न ३ रुपैयाँ खर्च हुने गरेको छ, अहिले पानीले भिजाएर कामै नलाग्ने बनेपछि आफूहरु ठूलो मर्कामा परेका छौं ।’
उनले राज्यले व्यवसायीसँग करमात्र लिने गरेको गुनासो गर्दै हाम्रो उत्पादनको पनि संरक्षण गर्नुपर्ने माँग गरे । उनले हामीले लगानी गरेको यतिको रकम खेर गईरहेको छ, यसले कतिपय व्यवसायीहरुको व्यवसायनै चौपट हुने अवस्थामा पुगेको भन्दै इँटा व्यवसयीको पनि राज्यले सुरक्षामा राज्यको पनि ध्यान जानुपर्ने बताए ।
पानीले इँटा बनाउने ठाउँ समेत डुवेकाले कामदारहरु पनि घरजान तम्तयार भएको साहले बताए । उनलेभने, ‘जमेको पानी सुक्न हप्ता दिनजती लाग्छ, यस्तो बेलमा मजदुरलाई राखेर मजदुरीपनि दिन नसकिने र मजदुर गएपछि फर्किने टुङ्गोसमेत नभएपछि व्यवसायीलाई झन तनाव थपीएको छ ।’
मौसमले साथ दिँदा सिरहा लगाएत तराइका इँटा उद्योगहरुले बैहाख मसान्तसम्म इटा बनाउने गर्छ ।