मुकेश कुमार यादब / सिरहा १६ मंसिर । सिरहाको ईलाका प्रहरी कार्यालय गोलबजारले करिव १५ कठ्ठा भन्दा बढि क्षेत्रफलमा लगाईएको करिव ३५ सय प्रतिवन्धित लागुऔषध गाँजाको विरुवा उखेलेर नष्ट गरेको छ ।128337076_512787666344859_6443879867482923607_n 1 इलाका प्रहरी कार्यालय गोलबजारका प्र.नि.संतोष कुमार राईको कमान्डमा खटिएको प्रहरीटोलीले विशेष सुराकीको आधारमा गोलबजार नपा ०७ कदिमाटोलमा किसानहरुले लागाइएको ३५ सय गाँजाका विरुवाहरु नष्ट गरेको प्रहरीले जनाएको छ ।128079864_694559867867220_1746766839002986340_n

प्रहरीले गाँजा फडानी गरी सोहि स्थानमा एक ठाउँमा जम्मा गरि गाँजाको बोट नष्ट गरेको जनाएको छ । प्रहरीले गाँजा फडानी अभियानको क्रममा गाँजामा फल लाग्नु भन्दा अगावै उखेलेको प्र.नि. राइले जनाए । अहिले नै नष्ट गर्दा प्रहरीलाई पनि हैरानी कम हुने र किसान पनि निरुत्साहीत हुनेभएकाले सानैमा फडानी गरिएको बताए ।

यसक्षेत्रका किसानहरुले प्रहरीलाई झुक्याउन चारै तर्फ उखु, मकै, तरकारी खेती,रहरको बोट लगाएर विचको भागमा गाँजा लगाउने गरेको र आफनै घरको छेउकोबारी तथा आँगनमा समेत गाँजाको विरुवा लगाउने गरेको प्रहरीले बताए ।
प्रहरीका अनुसार मानिसले चट्ट हेर्दा अन्य नै बालीजस्तो लाग्ने गरी गाँजाको खेती गरेको पाइएको बताए । किसानले प्रहरीलाई छल्न नै त्यस्तो उपाय निकालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।127895561_1603845253141151_7347174473557321423_n

पछिल्लो दिनमा गाजाँको मूल्य बढेसँगै सिरहामा लुकिछिपी गाँजा खेतीगर्ने किसान बढेको बताइन्छ । भारतिय बजारमा मदिरा बन्द हुदा गाँजाको माग बढेसंगै नेपालमा अहिले गाँजा प्रति केजी १५ देखि २५ हजारसम्ममा बिक्री हुने गरेको स्थानिय किसानहरु बताउछन । भारतीय बजारमा पुग्दा त्यसको मूल्य भारु १५ हजार देखि २५ हजार प्रति किलो विक्रिवितरण हुनेगरेको बताउछन ।128144328_2770079823310097_8085219659067614181_n 1 नेपाली बजारभन्दा भारतीय बजारमा यसको माग पनि बढी हुने र आम्दानी पनि धेरै हुनेहुँदा भारतीय गाँजा व्यापारीहरुले गाँजा खेती गर्न स्थानीयलाई अग्रिम रकम समेत दिइने गरेको बताइएको छ । नेपालमा गाँजा खेती गर्न लगाउनु सामान्य नभएको भन्दै तलदेखि माथिसम्मको आर्थिक लेनदेनमा गाँजा खेति गर्ने र भारतीय बजारमा तस्करि भइरहेको बताइएको छ ।