विश्वनाथ खरेल / छठ पर्व कहिलेबाट सुरु भयो भन्ने कुराको यकिन गर्न कठिन छ । सूर्य पुराणमा वर्णित कथाअनुसार कात्र्तिक शुक्ल षष्ठीका दिन सुख, सौभाग्य, समृद्धि र दाम्पत्य प्रेमको निरन्तरताका लागि अत्रि ऋषिकी पत्नी सती अनुसुयाले गरेकी थिइन् । यहिबाट छठ पर्व आरम्भ भएको थियो । महाभारत पर्वमा वर्णन भएअनुसार पाँच पाण्डव पत्नी द्रौपदीले एक सय आठपटक सूर्यको मन्त्र जप गरी कात्र्तिक शुक्ल षष्ठीका दिन व्रत बसेको र व्रतको प्रभावबाट पाण्डव सफल भएको मानिएको छ । मूलतः धर्म र संस्कृतिको बाहुल्यत रहेको नेपाली संस्कृतिमा अनेकन चाडपर्वको आ-आफ्नै विशेषता रहेको सर्वविदितै छ । हाम्रो देशको धर्म, संस्कृति, कलाकौशल, चाडपर्व, रीतिरिवाज, परम्पराबारे जति धेरै अध्ययन अनुसन्धान गर्न थाल्यौं त्यति धेरै गहिराइभित्र पुगिन्छ र हामी विस्मित हुन्छ ।

यसैमा नेपालको तराई क्षेत्रमा बस्ने हिन्दूले सयौं वर्षदेखि परम्परागत रूपमा कात्र्तिक शुक्लपक्ष षष्ठीका दिन छठ पर्व मनाउँदै आएका छन् । हिन्दूको महान् चाडको रूपमा मनाइने दसैं र तिहारको लगत्तैपछि हिन्दूको अर्को महवपूर्ण चाड छठ पर्व पनि आफ्नै ऐतिहासिक र सांस्कृतिक महŒव बोकेको छ । छठलाई छठी, छठीमाई, छठी परमेश्वरी, छठीदेवीको रूपमा पनि अभिव्यक्त गरिन्छ । भोजपुरी र अवधि भाषाभाषीले मनाउँदै आएको यो पर्व क्रमशः अन्य जात जाति र भाषाभाषीले पनि मनाउन थालेका छन् ।

विश्वको एकमात्र हिन्दू राष्ट्र हाम्रो देशमा प्रत्येक दिनजसो एक न एक पर्व पर्ने नै गरेको छ । हाम्रो देशमा मनाइने जुनसुकै पर्व पनि जातजाति र मानवसँग आधारित पर्व छन् । तराईवासी हिन्दूको महान चाडको रूपमा लिइने छठ पर्वको पनि आफ्नै ऐतिहासिक र सांस्कृतिक महव रहेको छ । त्यसैगरी, छठ पर्व पनि मूलतः तराईवासीमा मैथिली, भोजपुरी र अवधि भाषाभाषीले मनाउँदै आएको महवपूर्ण सांस्कृतिक पर्व हो । खास गरिकन कार्तिक शुक्लषष्ठीका दिन मनाइने छठ पर्व हो । यो पर्वमा सूर्यको पूजा, उपासना गर्नुका साथै स्वादिष्ट परिकार विशेषगरी ठेकुवा, भुसुवा कसार आदि पारिवारिक र आफन्तजन एकै ठाउँमा बसेर खाने गरिन्छ । छठ पर्वलाई ऐतिहासिक रूपमा अवलोकन गर्दा द्वापरयुगबाट सुरुआत भएको देखिन्छ । त्यसबेला भारत वर्षका मानिसले यस पर्वलाई मनाउँदै आएको थिए । समयको गति सँगसँगै मुलुकको तराई भागमा बसोबास गर्ने प्रायः गरी हिन्दू समुदायले यो पर्वलाई मनाउँदै आएका छन् । बिस्तारै बिस्तारै यो पर्व मुलुकको काठमाडौं उपत्यकालगायत विभिन्न सहरी क्षेत्रमा मनाउँदै आएका छन् ।

सामान्यतया मैथिली तथा भोजपुरी समुदायमा मनाइने चाड छठलाई छठी, छठीमाई, छठी परमेश्वरी, छठी देवीको रूपमा पनि अभिव्यक्त गरिन्छ

यस पर्वमा खासगरी पोखरी, नदी नाला आदि जलाशयलाई झिलिमिली पारी सिँगारिन्छ । यसको धार्मिक मान्यताअनुसार सूर्यको पहिलो प्रकाश शरीरमा परेको खण्डमा रोगव्याधि नाश हुन्छ भन्ने किंवदन्ती रहेको पाइन्छ । यो पर्वलाई गहिरिएर अध्ययन गर्ने हो भने वैज्ञानिक र आध्यत्मिक दुवै पक्षले भरिभराउ भएको पर्व हो । यस सूर्य देवतालाई उपासना गर्नका लागि केराको घरी, विभिन्न प्रकारका फलफूल, थरीथरी र जातजातका फूलले बेहुलीभन्दा पनि राम्रोसँग सिँगारिएको हुन्छ । यस पर्वमा माटाका भाँडाकुँडाले सजिसजाउ गर्ने चलन रहेको थियो भने आजभोलि तामा तथा पित्तलका भाँडाकुडा राख्ने चलनले गर्दा त्यति राम्रो र शोभायमान देखिँदैन ।

‘छठ’ शब्द षष्ठी शब्दको तद्भव रूप हो । षष्ठीका दिन यो पूजा भएकाले अपभं्रशमा छठीबाट छठ भएको हो । हिन्दू धर्मग्रन्थमा सूर्य भगवान्को पूजाको ठूलो महŒव छ । छठमा सूर्य भगवान्कै उपासना गरिन्छ । सूर्यलाई वैदिककालमा एउटा प्रमुख देवता मानिन्छ । ऋग्वेदमा सूर्यलाई सबै देवताको स्रोत मानिएको छ । विश्वका सबै जीवजन्तु र वनस्पति सूर्यकै तापबाट बाँचेका छन् । अथर्व वेदमा त सूर्यलाई ब्रह्माको रूपमा मानिएको छ । छठ पर्वमा सूर्यको पूजा, उपासना गर्नुका साथै स्वादिष्ट परिकार विशेषगरी ठेकुवा (एक प्रकारको स्वादिष्ट रोटी), भुसुवा कसार ९एक प्रकारको स्वादिष्ट लड्डु० आदि विशेष रूपमा तयार गरी आफन्तजन मिलनमा खाइन्छ । छठलाई स्त्रीलिंगी रूपमा सम्बोधन गरिए पनि यस पर्वमा सूर्यको पूजा, आराधना र उपासना गरिन्छ । पौराणिक मान्यताअनुसार सूर्यदेव (लोकभाषामा दिनानाथ)र षष्ठीदेवी (सूर्यदेवकी पत्नी)को संयुक्त पूजा, उपासना नै छठको मौलिकता हो । राजधानि दैनिक