काठमाडौं, ९ असोज । नन्नकली नोट दिएर ललितपुरको ताल्छीखेलस्थित जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरीमा सुन खरिद गर्ने २ जना प्रहरीले फन्दामा परेको छ । प्रहरीको खाजीरहेका काठमाडौं महानगरपालिका २१ टेकु घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने इक्युज तुलाधर र काठमाडौं महानगरपालिका २७ ज्याठा बस्ने २७ वर्षीय अजय महर्जन पक्राउ गरेका हुन् । पक्राउ परेका दुवै जनालाई शुक्रबार महानगरीय अपराध महाशाखा ललितपुरले सार्वजनिक गरेको हो ।
उनीहरु दुवै जनामाथि ललितपुर जिल्ला अदालतमा खोटो मुद्रासम्बन्धी कसुरमा असोज ८ गतेदेखि लागू हुने ७ दिनको म्याद थपेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुबाट प्रिन्ट मेसिन एक थान, सिपियु १ थान, ल्यापटप १ थान, एक हजार दरका ४ सय ६५ थान नक्कली नोट, ३७ थान सक्कली नोट, सुनको रानीहार १ थान, तिलहरी १ थान, औंठी १ थान र २ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुले असोज १ गते ज्वलेर्सबाट ४ लाख ६५ हजार रुपैयाँ नक्कली नोट प्रहरी बरामद गरेको थियो । सुन पसलका सञ्चालक डम्बरबहादुर रिजालकाअनुसार सुन किन्न आएका उनीहरुले ५ लाख रुपैयाँ दिएर तिलहरी, नेक्लेस, औंठीलगायत गहना खरिद गरेका छन् । उनीहरुले १–१ लाखको पाँचवटा बण्डल दिएका थिए ।
पैसाको बण्डलको अगाडि र पछाडि सक्क्ली नोट भएपनि बीचमा नक्कली नोट राखिएको पाइएको थियो ।