राजविराज, २ असोज । प्रहरीले सप्तरीको डाक्नेश्वरी–७ ब्रह्मपुरका १७ बर्षिया किशोरीलाई बलात्कार आरोपमा दुईजनालाई पक्राउ गरेको छ । बात्कार आरोपी डाक्नेश्वरी–७ घरका १७–१८ वर्ष उमेर समूहका बब्लु मण्डल र रञ्जित मण्डललाई गएराती नेपाल–भारत सीमानाबाट पक्राउ गरेको हो ।
दुईजना पक्राउ परेपनि बलात्कार संलग्न अन्य दुईजनाभने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी डिएसपी तिलक भारतीले बताए ।
बब्लु, रञ्जित समूहले भदौ २९ को बिहान स्थानिय जुगेश्वरी साहको खेतको आलीमा किशोरीलाई सामूहिक बलात्कार गरेका थिए ।
बलात्कारको घटना गाउँमै मिलाउन खोजेपछि सामूहिक बलात्कार पीडित किशोरीले आत्महत्या गरेका छन् । बलात्कारपछि गाउँमा पञ्च बसेर प्रहरीमा घटनाको जाहेरी दिनबाट रोक्दै ‘मिलापत्र’ परेपछि सोही २९ गते साँझ पिडित किशोरीले आत्महत्या गरेकि थिइन् । बलात्कार मिलापत्र गर्ने पञ्च मध्येका जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई प्रहरीले यसअघि नै पक्राउ गरेर मुद्धा चलाएको छ ।
उनीहरुलाई बलात्कार मतियार, प्रमाण नष्ट र आत्महत्या दुरुत्साहनमा म्याद लिएर अनुसन्धान भइरहेको सुचना अधिकारी भारतीले जानकारी दिए ।