जनकपुर २२ भदौ । काठ तस्कर र प्रहरीबीच धनुषाको बटेश्वर गाउँपालिकामा आइतबार राति झडप हुँदा दुई प्रहरी र तीन स्थानीय सहित ५ जना घाइते भएका छन् ।
बटेश्वर गाउँपालिका– ५ शान्तिपुरमा काठ ओसारिरहेको सूचना पाएपछि आइतबार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दीपक राय नेतृत्वमा खटिएको टोलीमाथी पछाडीबाट ङ्गामुढा वर्षिन थालेपछि प्रहरी घाइते बएका हुन् ।
प्रहरीका अनुसार स.१ त. ६०४० नम्बरको ट्याक्टरमा सखुवाको काठ लोड गरी लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिई कार्यालय तर्फ ल्याउने क्रममा ६०÷७० जनाको समूहले एक्कासी छाडिबाट ढुङ्गा प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
उक्त समूहको आक्रमणमा प्रहरी निरीक्षक रायको बाँया आँखामाथि चोट लागेको छ भने प्रहरी जवान रामविश्वास पण्डितको टाउकोको पछाडि भागमा चोट लागेको मिश्रले जानकारी दिए । दुबैको अवस्था सामान्य रहेको बताइएको छ ।
उक्त समूहले प्रहार गरेको ढुंगा लागेर प्रहरी प्रयोग गर्दै आएको ना १ झ १२५० नम्बरको गाडीको पछाडिको सिसा फुटेको छ ।
स्थानीयका अनुसार प्रहरीले लाठी चार्ज गर्दा स्थानीय तीन जना समेत घाइते भएको छ, प्रहरीको प्रतिवाद गर्दै केही युुवाहरुको ढुङ्गामुढा गरेको स्थानीयको भनाई छ ।
उक्त ट्याक्टरमा लोड गरिएको सखुवाको ८ थान गोलिया काठ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको र फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता मिश्रले बताए ।