लहान, २४ भदौ। सिरहा प्रहरीले लहानबाट १२३ बोतल लागुऔषधसहित एक जना स्कारपियो चालकलाई पक्राउ गरेको छ। लहान नगरपालिका ३ स्थित ठाडी रोडबाट बुधबार बिहान विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलिले उक्त परिमाणको लागुऔषधसहित स्कारपियो चालक  लहान १० का ४१ वर्षीय विजयकुमार बिसुन्केलाई पक्राउ रहेको हो।

भगवानपुरबाट लहानतर्फ आईरहेको मोबाइल टोलीले संयुक्त रूपमा स.१ च १४१४ नम्बरको स्कारपियो रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा स्कारपियोभित्र कोरेक्स–सी १०० एमएल लेखिएको १२३ बोतल फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश वहादुर पालले जानकारी  दिए। 

प्रहरीका अनुसार प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा अपरेसन गरेपछि स्कारपियोसहित लागुऔषध बरामद गरी चालकलाई नियन्त्रणमा लिइएको हो। 

प्रहरीले पक्राउ परेका बिसुके लागुऔषध कारोबारमा संलग्नता, बरामद लागुऔषधको स्रोत तथा यसको गन्तव्यबारेसमेत अनुसन्धान अघि बढाएको जनाएको छ।