सिरहा, २४ भदौ। सशस्त्र प्रहरी बल सिरहाले डेढ क्विन्टलभन्दाबढी प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेको छ। जिल्लाको औरही गाउँ पालिका ४ इटाटारस्थित नेपाल–भारत सीमाक्षेत्रबाट एक क्विन्टल ५७ किलो २०७ ग्राम गाँजा सशस्त्र प्रहरीबल नेपाल नम्वर ७ गण हेड क्वाटर सिरहाको गस्ती टोलिले गएराती १ः ३५ बजे बरामद गरेको हो। 

टाउकोमा बोकेर नेपालबाट भारत तर्फ अवैधरुपमा लैजादै गरेको अवस्थामा टोलिलाई देखेर व्यक्तिहरु फरार भएको र उक्त प्रतिवन्धित लागु औषध गाँजा बरामद गरिएको नम्वर ७ गण प्रमुख एसपी सुमनजंग थापाले जानकारी दिए। उनले प्लाष्टिकमा प्याक गरि कपडाले बाँधेको ८ वटा गाँजाको पोका बरामद भएको बताए। 

नियन्त्रणमा लिईएको उक्त पदार्थ आबस्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।