फोटोहरु : ज्ञान कुमार राय

गोलबजार,२३ भदौ। जेन–जी आन्दोलनमा सहादत्त प्राप्तगरेकाहरुको सम्झनामा सिरहाको विभिन्न स्थानमा युवाहरुले विभिन्न कार्याक्रमगरी श्रद्धाञ्जली अर्पण गरेका छन्। एक वर्ष पराभएको अवसर पारेर जिल्लाका युवाहरुले सहिदको सम्मानमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेका हुन्। 

गोलबजार ७ चोहर्वा बजारकोे मुख्य चोकमा  आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाहरूको तस्बिर राखी दीप प्रज्वलन गरेका छन्। सहभागी युवाहरुले सहिदहरूको बलिदानलाई स्मरण गर्दै उनीहरूले देखाएको बाटो र सपना पूरा गर्न सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।

गोलबजारको मुख्य चोकमा पनि सहिदको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सहभागी युवाहरूले जेन–जी आन्दोलनले उठाएका विषय सुशासन र जवाफदेहिताका सवाललाई स्मरण गराउँदै सहिदहरूको सपना पूरा गर्नुपर्नेमा जोड दिएका छन्।

आजकै दिन २०८२ साल भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, बेथिति, नातावाद, निरंकुशता तथा सुशासन विषयमा असन्तुष्टि जनाउँदै जेन–जी पुस्ताका युवाहरू सडकमा उत्रिएका थिए। सो क्रममा ५९ जना प्रदर्शनकारीको ज्यान गएको थियो। आन्दोलनको क्रममा कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी जम्मा ७२ जनाको मृत्यु भएको थियो।

2211232112311221