सिरहा, २२ भदौ। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ब्राउन सुगरसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाको स्वीप अप्रोशनमा खटीएको टोलिले सिरहा नपा २ छोट्की टोलबाट जिल्लाकै कल्याणपुर ७ का २४ वर्षिय कमलेश कुमार साफी र ३२ वर्षिय सन्तोष यादवलाई १२ ग्राम ८४० मिलिग्राम ब्राउन सुगरसहित सोमबार अपरान्ह नियन्त्रणमा लिएको हो।
अप्रेशन टोलिले चेकजाँचको क्रममा प्रदेश ३–०३–०१३प ६४१२ नम्वरको मोटरसाइकल रोकी चेकजाँज गर्दा मोटरसाइकल पछाटी बसेका साफीको साथबाट उक्त परिमाणको ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।
प्ररहीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।






















