काठमाडौं, २२ भदौ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार अपरानह सम्म एक हजार ३५४ जनाको शव फेला परेको छ। अझै ४ हजार ७७ जनाको सम्पर्क विहिन छन्।
प्रहरीका अनुसार रसुवामा १६९ जना, नुवाकोटमा १९६ जना, धादिङमा ७० जना, चितवनमा ३६३ जना, गोरखामा ७५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २२२ जना र नवलपरासी पश्चिम २२१ जनासहित एक हजार ३५४ जनाको शव फेला परेको हो।
फेला परेका शव पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ४४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ।
हालसम्म शव पहिचानका लागि मृतकका १ हजार २८० र आफन्तका १ हजार २९० जनाको डिएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ।






















