गोलबजार, २० भदौ। सिरहाको गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले खेलकुदको विकास तथा प्रवर्धनका लागि नगरपालिका सधैव प्रतिबद्ध रहेको बताएका छन्।  गोलबजारमा जारी सितोरियो कराँते मधेश प्रदेशस्तरीय ‘ब्ल्याक वेल्ट दिक्षान्त तथा अपगे्रडिङ’ उद्घाटन कार्यक्रममा मेयर श्रेष्ठले खेलक्षेत्रको विकासमा नगरले सधैं यथासक्य सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। 

7663e8a3-6f62-44a8-9bb7-490581b23887

‘सितोरियो कराँते आफैलाई अनुशाशित बनाउने खेलको रुपमा बुझेको छु, तपाई भाईवहिनीहरु असाध्ये अनुशाशित हुनुहुन्छ,’ मेयर श्रेष्टले भने, ‘तपाईहरुको अनुशाशनले समाज अनुशाशित हुने हो। यस प्रकारको खेलमा मैले पहिला पनि सहयोग गर्दै आएको हो, अव पनि गरिरहने छु।’

6ab52b9c-5a1e-4732-96d7-04845b086e40

‘उनले अव समय कम छ, तपाईहरु दशैं तिहारको विचमा प्रतियोगिता गर्नेगरी तयारी गर्नुस, नगरपालिकामा प्रपोजल हाल्नुहोस्, नगरले तपाईहरुलाई सहयोग गर्छ,’ मेयर श्रेष्ठले भने। 

उनले कराँते, फूटवल र क्रिकेट खेलको विकासमा नगरले सधैभरी सहयोग गर्छ। 

कार्यक्रममा गोलबजार नगरपालिका ७ नम्वर वडाका पूर्व अध्यक्ष जगत श्रेष्ठले मानिसलाई अनुशाशित र आत्मरक्षामा सितोरियो कराँतेको महत्वपूर्ण योगदान रहेको बताए। उनले आत्मरक्षा र अनुशाशनमात्र हैन खेलकुदको विकासले आफ्नो क्षेत्रलाई देश तथा विदेशमा चिनाउन पनि योगदान पुग्ने बताए। 

सोही क्रममा वडा अध्यक्ष श्रेष्ठले खेलकुदको उचित विकसाको लागि संघदेखि स्थानीय सरकारले थप योगदान गर्नु पर्नेमा जोड दिदैं दिक्षान्त समारोह सफताको शुभकामना व्यक्त गरे। 

दिक्षान्त तथा अपग्रेडिङ समारोहमा मधेशका आठ जिल्ला र उदयपुरको कटारीकासहित १५० जना खेलाडीहरु सहभागी रहेको नेपाल सितोरियो कराँते संघका मधेश प्रदेश सचिव कसम लामाले जानकारी दिए। 

संघका प्रदेश उपाध्यक्ष श्रीराम कानु तेलीको अध्यक्षतामा सम्पन्न दिक्षान्त समारोहको उद्घाटन कार्यक्रममा वरिष्ठ प्रशिक्षक महेश कुमा श्रेष्ठ, राजेश गुप्तासहित प्रदेश तथा जिल्लाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।